२९ असोज, काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले पदबाट राजीनामा दिएका छन् ।
घरयासी र स्वास्थ्यको कारण देखाउँदै उनले राजीनामा दिएका छन् ।
‘प्रधानमन्त्री कार्यालयमा हिजो राजानीमा बुझाउनु भएको छ,’ प्रतिष्ठान स्रोतले भन्यो, ‘ उहाँले घरयासी र स्वास्थ्यको कारणले राजीनामा दिइएको बुझएको छ ।’
लामिछानेको उपकुलपतिको कार्यकाल १० फागुन सकिँदै थियो ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले डा. लामिछानेलाई प्रतिष्ठानको उपकुलपतिमा २०७८ फागुनमा नियुक्ति गरेका थिए ।
प्रतिक्रिया 4