काठमाडौँ । अहिले एकातिर जितु नेपाल अभिनित ‘आइएम जितबहादुर’ हलमा प्रदर्शन भैरहेको छ भने अर्कोतिर उनको आगामी फिल्म ‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा भएको छ ।
निर्माताले २ असोजलाई नयाँ प्रदर्शन मितिको रुपमा घोषणा गरेका छन् । यसबारे जानकारी दिन सार्वजनिक पोस्टरमा जितु र प्रियना आचार्य ‘मुन्नी’ लाई रोमान्टिक अन्दाजमा देख्न सकिन्छ ।
‘कार्की साइँला’ नामका एक भरियाको जीवनी र सङ्घर्षको वरिपरि घुम्ने यस फिल्मको छायाङ्कन पूर्वी नेपालका रमणीय स्थल धनकुटा, सुनसरीको बराहक्षेत्र र चतरा लगायतका क्षेत्रमा गरिएको छ ।
राजेन्द्र बस्नेतको निर्देशनमा तयार भएको यस फिल्ममा सुशील पोखरेल, वीरेन्द्रसिंह कुशवाह, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई र कमल देवकोटा लगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।
कर्णबहादुर फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता बालकुमार राई हुन् भने कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ताका रूपमा रहेका छन् । कार्यकारी निर्मातामा अनन्त राई छन् ।
प्रतिक्रिया 4