+
+

हङकङ चाइना र थाइल्यान्डलाई उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३ गते २१:२४

३ भदौ, काठमाडौं । हङकङ चाइना र थाइल्यान्डले एसिया यु–२० सेभेन्स पुरुष तथा महिला रग्बी प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । हङकङ चाइनाले पुरुष र थाइल्यान्डले महिलामा च्याम्पियन बने ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष फाइनलमा हङकङ चाइनाले मलेसियालाई १९–१४ ले पराजित गर्‍यो । चाइनिज ताइपेई तेस्रो भयो । पुरुषमा ७ राष्ट्रले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भएको प्रतियोगिताअन्तर्गत चार राष्ट्र सहभागी महिलाको राउन्ड रोविन लिगमा थाइल्यान्ड शीर्ष स्थानमा रहँदै पहिलो भयो । हङकङ चाइना दोस्रो तथा मलेसिया तेस्रो बने ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, एसिया रग्बीका अध्यक्ष कायस अल धलाई, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारी, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

नेपाली रग्बीको इतिहासमा नेपालमा भएको यो अहिलेम्मकै ठूलो प्रतियोगिता हो । गत वर्ष रग्बी संघले एसिया रग्बी यु–१८ सेभेन्सको सफलतापूर्वक आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?