+
+

प्रस्तावित प्रधानन्यायाधीश भन्छन्– पारिवारिक मुद्दा हेर्न छुट्टै इजलास बनाउनुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ४ गते १२:३८

४ भदौ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पारिवारिक विवाद हेर्न छुट्टै अदालत वा इजलास बनाउनुपर्ने बताएका छन् ।

आफ्नो सुनुवाइका क्रममा संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठले पारिवारिक विवाद, सम्बन्ध विच्छेद, अंश, मानाचामल, घरेलु हिंसा लगायतको विवाद हेर्न छुट्टै अदालत वा इजलास बनाइने बताए । काठमाडौं उपत्यकामा एक/एक वटा इजलास बनाउने र महिलालाई कोर्ट शुल्क नलिने समेत उनको योजना छ ।

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठले अदालतहरुमा मुद्दाको बोझ बढेको समेत बताए । २०६१ सालमा देशभरका अदालतमा १ लाख १० हजार मुद्दा रहेकामा २०८० मा २ लाख ३७ हजार पुगेको भन्दै उनले भने, ‘न्यायाधीश बढे पनि मुद्दाको चाप थेगिनसक्नु छ ।’

साथै न्यायालयले गरेका फैसला कार्यान्वयन नभए दण्डहीनता मौलाउने बताए । फैसला कार्यान्वयन भए मात्र न्याय हुने भन्दै उनले अघि भने,‘फैसला कार्यान्वयन नभए दण्डहीनता मौलाउँछ । देवानी तुलनामा फौजदारीमा दण्ड जरिवाना असुली चुनौतीपूर्ण छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?