+
+

अर्को पुस्तालाई प्रेरणा बन्यो इंग्ल्यान्डको महिला फुटबल टिम

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ४ गते १४:२१

४ भदौ, काठमाडौं । फाइनलमा स्पेनसँग १–० ले पराजित भएसँगै विश्वकप महिला फुटबलमा इंग्ल्यान्ड उपविजेता बन्यो ।

विश्वकप जितेर इतहिास रच्ने अवसर गुमाए पनि इंग्ल्यान्डको महिला फुटबल टिमले अर्को पटक राम्रो तयारीका साथ फर्कने निधो गरेको छ ।

इंग्ल्यान्ड विश्वकपमा ३ पटकसम्म सेमिफाइनलमा अड्किएको राष्ट्र हो । जुन टिम यसपटक घरेलु टिम अष्ट्रेलियालाई सेमिफाइनलमा हराउँदै फइनल प्रवेश गरेको थियो ।

डच प्रशिक्षक सरिना विग्म्यानले आइतबार स्पेनसँगको पराजयपछि पत्रकारसँग भनिन्, ‘सिंहनीले अर्को पटक अझ बलियो भएर फर्कने संकल्प लिएका छन् ।’

खेलाडीले पहिलो विश्वकप जित्न आफ्नो शतप्रतिशत दिएको उनको दाबी छ । ४ वर्षअघिको विश्वकपका घरेलु टिम नेदरल्यान्ड्सकै प्रशिक्षक रहेकी उनीसँग लगातार २ पटक विश्वकप फाइनल हार्नुको पीडा छ ।

एकेडेमी र क्लबमा खेल्दै गरेका युवा फुटबलरलाई भने यो विश्वकपले निकै प्रेरणा दिएको छ । प्रिमियर लिगडटकमले गरेको एक रिपोर्टिङमा सिकारु महिला खेलाडीले यस पटक टिम विश्वकप फाइनल पुग्नाले आफूहरुलाई फुटबलमा लाग्न निकै प्रेरणा दिएको बताएका छन् ।

प्रिमियर लिग डटकमले बनाएको भिडियो रिर्पोटमा यू–१५ का महिला खेलाडीले राष्ट्रिय टिममा रहेका खेलाडीलाई आफ्नो आइडल मान्ने गरेको बताएका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?