+
+

विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ४ गते १९:२०

४ भदौ, काठमाडौं । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार साँझ श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले सोमबार नै अनुमोदन गरेको थियो ।

१८ साउनमा बसेको संवैधानिक परिषदको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । अब उनी २०८१ असोज २० गतेसम्म प्रधानन्यायाधीश रहनेछन् ।

सर्वोच्च अदालतको वेवसाइटमा उल्लेख भए अनुसार उनको जन्ममिति २०१६ असोज २० गते हो । ६५ वर्षको उमेर हदका कारण उनले २०८१ असोज २० गते अवकाश पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?