+
+

फर्स्ट सोलार डेभलपर्स र प्राधिकरणबीच विद्युत खरिद बिक्री सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ६ गते १४:२९

६ भदौ, काठमाडौं । फर्स्ट सोलार डेभलपर्स लिमिटेड र नेपाल विद्युत प्राधिकरण बीच ८ मेगावट सोलार परियोजना विदुत खरिद बिक्री सम्झौता भएको छ ।

सौर्य ऊर्जा उत्पादन गर्ने उद्देश्यले फर्स्ट सोलार डेभलपरल कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा ८ मेगावाटको भृकुटी ग्रिड टाइड सोलार प्लान्टको निर्माण गर्दैछ । यो आयोजनाले ४ हजार नेपाली घरधुरीको खपत बराबर १५.१ प्रति वर्ष स्वच्छ ऊर्जा उत्पादन गर्नेछ ।

फर्स्ट सोलारको पीपीएमा प्राधिकरणको पावर ट्रेड विभागका निर्देशक प्रबल अधिकारी र फर्स्ट सोलार डेभलपर्स लिमिटेडका प्रबन्ध निर्देशक राजकुमार थापाले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा प्राधिकरणको पावर ट्रेड विभागका प्रबन्धक बिक्रम पौडेल र ग्लोबल इक्विटी फण्डका कार्यकारी निर्देशक डा. मनिष थापाको उपस्थिति थियो । यो परियोजनाले एसियाली विकास बैंक अन्तरगतको जलवायु लगानी सुविधा अन्तर्गत भायविलिटी ग्याप फण्डिङ (भीजीएफ) प्राप्त गरेको छ ।

साथै यसले एफएमओ, एक्सेस पावर र सोलार प्लाजाद्वारा आयोजित सोलार शार्क ट्याङ्‍क प्रतियोगितामा सोलार शार्क ट्याङ्‍क २०१८ अन्तर्गत एक लाख डलर अनुदान जितेको थियो ।

यस परियोजनाले ऊर्जा इम्प्याक्ट फन्डबाट इक्विटी लगानी पनि सुरक्षित गरेको छ । जुन ग्लोबल इक्विटी फण्ड र उर्जा डेभलपर्सद्वारा संयुक्त रूपमा प्रबन्धित कोष हो । यसले नेपालमा हरित ऊर्जा रूपान्तरण र नवीकरणीय उर्जा परियोजनाहरूमा लगानी गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?