+
+

दीपाश्रीलाई दीपकको जन्मदिन शुभकामना : चोट मलाई लाग्दा तिमीले ऐया भनेको सुनेको छु

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ७ गते १३:५१

काठमाडौं । ‘छक्कापञ्जा’ फेम्ड निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला बिहीबार जन्मदिन मनाउँदैछिन् । उनको बर्थडेमा केक काट्ने कार्यक्रम त हुने भइहाल्यो । उनलाई बिहानैदेखि शुभकामनाको ओइरो लागेको छ ।

यस्तोमा दीपाश्रीलाई दीपकराज गिरीको शुभकामना दिने शैलीले भने धेरैको ध्यान खिचेको छ । दीपकले फेसबुकमा दीपा र आफ्नो तस्वीर पोस्ट गर्दै दीपालाई आफ्नो जीवनकै उत्कृष्ट साथी भएको बताएका छन् ।

दीपालाई तीन दशकअघि पहिलोपटक भेट्दाखेरिको स्मरण गर्दै दीपकले दीपाको खुलेर प्रशंसा गरेका छन् । काव्य शैलीमा दीपकले लेखेको शुभकामना पोस्टमा दीपकले लेखेका छन्-

यो केटी त कस्त घमण्डी, मैं हु भन्छे  

बोल्न त परै जाओस हेर्दा पनि हेर्दिन

आज भन्दा करिब तीन दशकअघि तिमीसँगको पहिलो भेट, मला आज पनि याद छ

जसरी हामी किताबको कभर हेरेकै भरमा

पूरै विषय अनुमान गर्छौ

क त्यस्तै तिमप्रतिको धारणा पनि तुरून्तै बनाएको थिए मैले

तर मला थाहा थिएन यो त्यही केटी हो

जो अरूको पडाला आफ्नो सम्झेर समय बिताउछे

जिन्दगीको खेलमा आफू हार्छे तर अरूलाइ जिताउछे

मप्रतिको तिम्रो योगदानला त मैले

सिर्फ एक शब्दमा बुनेको छु

चोट मला लाग्दा तिम्ले ऐया भनेको सुनेको छु

कमजोरी पनि भनिदिन्छु

यहाँ हरेकको हातमा क्यालकुलेटर छ

कहाँ फाइदा छ, कहाँ बेफाइदा छ

कहाँ जोर छ, कहाँ बिजोर छ

यस्तो दिमागै दिमागको सहरमा पनि

तिमी मनको कुरा र्छौं

त्यसैले त तिम्रो हिसाब चाहि अलि कमजोर छ

मेरो जिन्दगीको उत्कृष्ट साथीलाई जन्मदिनको लाखौ, करोडौ र अरबौ शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?