+
+

शनिबार बागमतीमा महाजलयात्रा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ८ गते १३:५५
फाइल तस्वीर

८ भदौ, काठमाडौं । शनिबार बागमतीमा महाजलयात्रा हुने भएको छ । नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)ले हरेक वर्ष बागमतीमा यस्तो महोत्सव गर्दै आइरहेको छ ।

सोही क्रममा शनिबार बागमती रिभर फेस्टिबल २०२३ आयोजना गर्न लागिएको नाराले जनाएको छ । नाराका अनुसार शनिबार बिहान ७ बजे कुपण्डोलस्थित किनारमा भेला भई महोत्सव प्रारम्भ गरिने भएको छ ।

बागमती नदीलाई सफा, वातावरणमैत्री र सम्पदा संरक्षणको उद्देश्यसहित यस्तो महोत्सव आयोजना गर्न लागिएको आयोजकको भनाइ छ । नदीमा र्‍याफ्टिङसँग पञ्चेबाजा, धिमेबाजासहितको संगितसहितको महोत्सव हुने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?