+
+

चुम्बन विवादमा परेका स्पेनिस फुटबल संघका अध्यक्षले राजीनामा नदिने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ८ गते १७:०८

८ भदौ, काठमाडौं । पहिलो पटक महिला विश्वकप फुटबलको उपाधि जितेको खुसी साट्दै गर्दा फरवार्ड जेनिफर हर्मोसोलाई चुम्बन गरेपछि विवादमा परेका स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुबियल्सले राजीनामा दिन अस्वीकार गरेका छन् ।

आइतबार फाइनलमा इंग्ल्यान्डलाई १–० ले पराजित गर्दै विश्वकप जितेपछिको पुरस्कार वितरण समारोहमा रुबियल्सले हर्मोसालाई चुमेका थिए । त्यसपछि उनको आलोचना भइरहेको छ ।

त्यही प्रकरणामा छलफल गर्न बोलाइएको स्पेनिस फुटबल संघको विशेष सधारण सभामा रुबियल्सले राजीनामा दिन अस्वीकार गरेका हुन् ।

‘म राजीनामा दिन्न, म राजीनामा दिन्न,’ उनले भने, ‘यहाँ सामाजिक प्रतिष्ठामा धावा बोलिँदै छ ।’

चुम्बनको आलोचना भएपछि उनले यसअघि माफी मागेका थिए । जुन उनले विशेष साधारण सभामा पनि दोहोर्‍याएका छन् ।

स्पेनिस फुटबल संघले छानबिनका लागि समिति नै गठन गरेको छ ।

चुम्बन लगत्तै  हर्मोसाले सामाजिक सञ्जाल इन्टाग्राममा ‘मलाई यो मन परेन’ भन्ने अभिव्यक्ति दिएकी थिइन्, लगत्तै पछि पुन उनले रुबियल्सलाई बचाउ गर्ने खालको अभिव्यक्ति दिइन् ।

स्पेनिस फुटबल संघले जारी टिप्पणीमा हर्मोसाले भनेकी छिन्, ‘यो स्नेह जनाउने स्वभाविक संकेत थियो ।’

स्पेनकै मन्त्री आइरिन मोन्टिरोले त्यो चुम्बनलाई महिला हिंसाको स्वरुप भनेकी छिन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?