+
+

सरकारका कामलाई स्थापित गर्न बुद्धिजीवीलाई प्रधानमन्त्रीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १० गते १५:४३

१० भदौ, काठमाडौं । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय सरकारले गरेका कामलाई जनतामा स्थापित गर्न आग्रह गरेका छन् ।

माओवादी केन्द्र निकट बुद्धिजिविहरूको संगठन नेपाल बुद्धिजीवी संगठनको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले एकथरी व्यक्तिहरू सरकारको कामबाट विछिप्त भएको भन्दै त्यसको रक्षा र प्रचारमा बुद्धिजीवी संगठन लाग्नु पर्ने बताए ।

‘सरकारले गरेका राम्रा कामबाट विक्षिप्त भएका छन् । उनीहरूले माओवादी पार्टी, सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिँडेका छन्,’ उनले भने, ‘त्यसलाई चिर्न बुद्धिजीवी संगठनले महत्वपूर्ण रोल खेल्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?