+
+

प्रदेश अधिवेशनको तयारीमा एमाले : सबै पालिकामा प्रतिनिधि छनोट एकै दिन

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ११ गते १२:२१

११ भदौ, विराटनगर । नेकपा एमालेले कोेशी प्रदेश अधिवेशनका लागि एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय गरेको छ ।

प्रदेश कमिटीको आइतबार बसेको बैठकले असोज १२ र १३ गते विराटनगरमा हुने प्रदेश अधिवेशनका लागि प्रदेशभर एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय गरेको हो ।

प्रदेश कमिटी सहसचिव शैलेश लामाका अनुसार असोज ५ गते प्रदेशका सबै स्थानीय तहमा एकै दिन प्रतिनिधि छनोट हुनेछन् । सर्वसम्मत रुपमा प्रतिनिधि छनोट नभए निर्वाचन प्रक्रियाबाट पालिकाबाट प्रतिनिधि आउने उनले बताए ।

एमालेले एक हजारसम्म सदस्य रहेको पालिकाबाट १०० जना बराबर एक र त्यसभन्दा बढी भएको पालिकामा १५० जना बराबर एक जना अधिवेशन प्रतिनिधि छनोट गर्ने नियम बनाएको छ । लामाका अनुसार सबै पालिकाबाट गरी प्रदेश अधिवेशनमा एक हजारदेखि ११ सय जनासम्म प्रतिनिधि आउनेछन् ।

प्रदेश कमिटीले पार्टी प्रवेश गरेकाहरुलाई एकै दिन भदौ २३ गते सपथग्रहण गराउने निर्णय पनि गरेको छ ।

प्रदेश अधिवेशन सञ्चालनका लागि १४ वटा उपसमिति गठन गरेको प्रदेश कमिटी बैठकले कोशी प्रदेशको समृद्धिको खाका तयार गर्नका लागि तीन सदस्यीय कार्यदल पनि बनाएको छ । पूर्वमुख्यमन्त्री शेरधन राईको नेतृत्वमा बसेको कार्यदलमा अर्का पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्की र सुवोध प्याकुरेल सदस्य छन् ।

कार्यदलले बनाएको दस्तावेजलाई अधिवेशनमा पेश गरिनेछ । ‘कोशी प्रदेश कस्तो बनाउने भन्ने खाका कार्यदलले बनाएर अधिवेशनमा छलफलका लागि पेश गर्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?