+
+

‘जस्टिस फर सारुक’ लेख्दै नम्रताले भनिन्– मेरो मौनतालाई कमजोरी नठान्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ११ गते १३:२२

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठले अभिनेता सारुक ताम्राकारको मृत्यु प्रकरणमा पहिलो पटक मुख खोलेकी छन् । सोमबार फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफू महिला भएकै कारण सामाजिक आक्रमण भएको उल्लेख गरेकी छन् ।

उनले आफ्नो मौनतालाई कमजोरी नठान्न अपिल समेत गरेकी छन् । सारुकको मृत्यु प्रकरणमा आफूले प्रहरी प्रशासनमा उपस्थित भएर बयान दिइसकेको भन्दै नम्रताले सारुकप्रति न्यायको माग गर्दै ‘जस्टिस फर सारुक’ लेखेकी छन् ।

प्रहरी अनुसन्धानमा आफ्नो र परिवारको तर्फबाट सहयोग रहने उल्लेख गर्दै नम्रताले प्रहरीले दूधको दूध पानीको पानी हुने गरी अनुसन्धान हुनेमा आफू आशावादी रहेको बताएकी छन् । उनले प्रहरी अनुसन्धानमा अवरोध नगर्न पनि आग्रह गरेकी छन् ।

नम्रता र सारुकले फिल्म ‘ह्यासट्याग’मा सँगै काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?