+
+

दार्चुलामा धारिलो हतियार प्रहार गरि वृद्धाको हत्या

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ११ गते १७:५८

११ भदौ, धनगढी । दार्चुलामा एक वृद्ध महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

मालिकार्जुन गाउँपालिका–७ टोपालीकी ७५ वर्षीया भागरथी चन्दको धारिलो हतियार चक्कु प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ ।

दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले वृद्धा घर नजिकै मृत अवस्थामा भेटिएको जानकारी दिए ।

प्रहरीकाअनुसार चन्दको घाँटी र छातीमा चक्कु प्रहार गरिएको छ । छिमेकीका अनुसार उनी घरमा एक्लै बस्दै आएकी थिइन् भने कहिले कहीँ नाती आउन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?