+
+

फिफाले हटायो श्रीलंका फुटबलको निलम्बन

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ११ गते १९:१९

११ भदौ, काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले श्रीलंका फुटबलमाथि लगाए प्रतिबन्ध हटाएको छ ।

फिफा महासचिव फातिमा सामोउराले सोमबार श्रीलंका फुटबल महासंघलाई पत्र लेख्दै निलम्बन हटाएको जानकारी गराएकी हुन् ।

फिफा, एएफसी र देशको खेलकुद मन्त्रालयको निर्देशनलाई अवज्ञा गर्दै आवधिक निर्वाचन गर्न नसकेको र संस्थालाई गति दिन नसकेका भन्दै फिफाले जनवरी २१ मा श्रीलंकालाई निलम्बन गरेको थियो ।

फिफाको ब्यूरो काउन्सिलले निलम्बन फुकुवा गर्ने निर्णय गरेको भन्दै त्यसका लागि श्रीलंका फुटबलले विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने जनाएको छ ।

श्रीलंका फुटबल महासंघको २०२३ जनवरी १४ मा भएको चुनावलाई फिफा र एएफसीले मान्यता नदिएको भन्दै फिफाले पठाएको पत्रमा नयाँ विधान अनुसार चुनाव गर्नुपर्ने उल्लेख छ ।

फिफाको प्रस्ताव अनुसार २०२३ सेप्टेम्बर १६ मा श्रीलंका फुटबल महासंघको निर्वाचन गर्ने तयारी छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?