+
+

बढुवापछि राखेपका कर्मचारी संघको आन्दोलन स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १३ गते १६:३१

१३ भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद, पदपूर्ति समितिले कर्मचारी बढुवाको नामावली प्रकाशित गरेपछि कर्मचारी संघले आन्दोलन स्थगित गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद राखेपको पदपूर्ति समितीले मंगलबार बढुवा हुने कर्मचारीहरुको नामावली प्रकाशित गरेपछि कर्मचारी संघकी अध्यक्ष सरस्वती केसीले मंगलबारै विज्ञप्ति जारी गर्दै आन्दोलन स्थगित गरिएको जानकारी गराएकी हुन् ।

राखेप कर्मचारी संघले बढुवा प्रक्रिया नियमअनुसार नभएको भन्दै गत साउन २५ गते आन्दोलनका कार्यक्रम घोषणा गर्दै सांकेतिक रुपमा विरोध जनाएको थियो ।

राष्ट्रिय खेलकुद परिषदको ११६ औ बोर्ड बैठकको निर्णय अनुसार पदपूर्ति समितिले परिषदमा लामो समयदेखि एउटै पदमा कार्यरत कर्मचारीहरुलाई बढुवा गर्न प्रक्रिया थालनी गरेको थियो ।

बढुवाका लागि प्रक्रिया अनुसार ३८५ जनाले नाम दर्ता गरेपनि बढुवा नभएको भन्दै कर्मचारी आन्दोलनमा उत्रिएको थियो ।

आइतबार बसेको पदपूर्ति समितिको निर्णय अनुसार राखेपले हाल कार्यरत रहेको श्रेणी, पदबाट एक तह माथिल्लो श्रेणी, पदमा बढुवा गरी कर्मचारीहरुको नामावली प्रकाशित गरेको थियो ।

त्यसपछि कर्मचारी संघले पनि माग सम्बोधन भएको भन्दै आन्दोलन स्थगित गरेको हो ।

‘राष्ट्रिय खेलकुद परिषद पदपूर्ति समितिको मिति २०८०-५-११ गतेको  निर्णय अनुसार बढुवाका लागि परिषदमा सिफारिस सहित नामावली प्रकाशित गरी कर्मचारीहरुको मागलाई सम्बोधन गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

कर्मचारी संघले २७ वर्षदेखि बढुवा स्थगित रहेको भन्दै एसियाली खेलकुदको तयारी नै प्रभावित गर्ने चेतावनी दिँदै आन्दोलन सुरु गरेको थियो । बढुवा सूचीमा विभिन्न खेलमा कार्यरत प्रशिक्षक, सहायक प्रशिक्षक गरी ३१८ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?