+
+

काठमाडौं र ललितपुरमा शनिबार साढे आठ घण्टा विद्युत आपूर्ति प्रभावित हुने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १५ गते ७:५३

१५ भदौ, काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा शनिबार साढे आठ घण्टासम्म विद्युत आपूर्ति बन्द हुनसक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

काठमाडौंका रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरुबाट आपूर्ति हुँदै आएको बिजुली शनिबार बिहान १० बजेदेखि साँझ ६ः३० बजेसम्म प्रभावित हुनसक्ने प्राधिकरणले जनाएको छ ।

हाल टेकु सबस्टेसनको स्तरोन्नती गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य भइरहेकाले विद्युत आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

प्राधिरकरणले जारी गरेको सूचनामा लेखिएअनुसार विद्युत आपूर्ति सकेसम्म कम प्रभावित होस् भनेर सबै फिडरहरुमा वैकल्पिक व्यवस्था समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?