+
+

सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १५ गते १७:१७

१५ भदौ, धनगढी । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय परीक्षा नियन्त्रणको कार्यालयमा तोडफोड भएको छ । नेकपा एकीकृत समाजवादी पार्टी सम्बद्ध अनेरास्ववियूले परीक्षा नियन्त्रण कार्यालयमा शुुक्रबार तोडफोड गरेको हो ।

दिउँसो परीक्षा नियन्त्रक देवसिंह नाथ र सहायक परीक्षा नियन्त्रक वीरबहादुर सिंहको कार्यकक्षमा पुगेका नेता तथा विद्यार्थीले तोडफोड गरेको विश्वविद्यालयले जनाएको छ ।

परीक्षा नियन्त्रक देवसिंह नाथले १२–१५ जनाको समूहमा आएका समाजवादी सम्बद्ध अनेरास्ववियूका नेता तथा कार्यकर्ताले तोडफोड गरेको बताए । नाथकाअनुसार उनीहरुले आफूहरुले लगाएको ताला किन तोडेको भन्दै कार्यालयमा तोडफोड गरेका थिए ।

सहायक परीक्षा नियन्त्रक सिंह र परीक्षा नियन्त्रक नाथको कार्यकक्षमा रहेका टेबुल, कुर्सी, सिसा, कागजपत्र भएको दराजमा क्षति पुुगेको छ । अनेरास्ववियूले कार्यकक्षमा तोडफोड गरेपछि परीक्षा नियन्त्रण कार्यालयको कामकाज प्रभावित भएको छ । अनेरास्ववियू कञ्चनपुरले भने उक्त घटना सिर्जना हुनुमा स्वयं परीक्षा नियन्त्रक नाथसहित विश्वविद्यालयका पदाधिकारी जिम्मेवार रहेको जनाएको छ ।

अनेरास्ववियूका नेता तोयराज जोशीले परीक्षा नियन्त्रण कार्यालयबाट भएको त्रुटिलाई सच्याउनुपर्ने माग गर्दै तालाबन्दी गरिएकोमा कुनै सल्लाह परीक्षा नियन्त्रक नाथसहित उपपकुलपति डा. अमराज जोशी, रजिस्ट्रार यज्ञराज पाठकले बहुबलीका भरमा ताला तोडेपछि तोडफोडको अवस्था सिर्जना भएको दाबी गरे ।

स्नातक तह छैटौँ सेमेस्टरको समाजशास्त्र विषयको प्रश्नपत्रमा त्रुटि गर्नेमाथि कारबाहीको माग गरेर अनेरास्ववियुले गत १८ साउनमा तालाबन्दी गरेको थियो भने १० भदौमा विश्वविद्यालयले तोडेएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?