+
+

गोरखा-आँबुखैरेनी सडकको शंकास्पद वस्तु निष्क्रिय पारियो, कुकरभित्र सिसा, बारुद र लाइटर

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १६ गते ८:४४

१६ भदौ, गोरखा । गोरखा-आँबुखैरेनी सडकखण्डअन्तर्गत गोरखा नगरपालिका-८ स्थित कट्टेलचोकमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंककास्पद वस्तु निष्क्रिय पारेको हो । टेप बाँधेर राखेको अवस्थामा मुख्य सडकमा फेला परेको कुकरभित्र सिसाका टुक्रा, बारुद र लाइटर भेटिएको रिपुमर्दन गणका गणपति हेमराज बिष्टले जानकारी दिए ।

शंकास्पद वस्तु निष्क्रिय पारिएसँगै अहिले सडक सञ्चालनमा आएको छ ।

आज बिहानै ‘मर्निङ वाक्’ गएका स्थानीयले शंकास्पद वस्तु फेला परेको भन्दै प्रहरीलाई खबर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?