+
+

एमाले लुम्बिनी प्रदेश अधिवेशन : नेतृत्वमा सहमतिको प्रयास जारी

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १७ गते १४:०५

१७ भदौ, काठमाडौं । रुपन्देहीको बुटवलमा जारी नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा नेतृत्व चयनमा सहमतिको प्रयास भइरहेको नेताहरुले बताएका छन् ।

राधाकृष्ण कँडेल र हरि रिजालले दुवैले नेतृत्वमा दाबी नछाडेपछि सहमतिको प्रयास भइरहेको हो । कँडेल उपाध्यक्ष विष्णु पौडेल पक्षका र रिजाल महासचिव शंकर पोखरेल पक्षका हुन् । कँडेल हालका अध्यक्षसमेत हुन् ।

एमालेका एक नेताले भने, ‘दुई जनाको नाममा सहमतिको प्रयास भइरहेको छ । हिजो रातभर प्रयास गर्दा पनि सफल भएन । फेरि पनि सहमतिको प्रयास जारी छ ।’

अधिवेशनको उदघाटन समारोहमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेललगायत सबैजसो नेताहरुले गुटबन्दीको विरोध गरे पनि आफू निकटका व्यक्तिलाई नेतृत्वमा पुर्‍याउन गुटगत प्रयास भने भइरहेका छन् । त्यसैले नेतृत्व चयनमा ढिलाइ भइरहेको छ ।

अधिवेशन उदघाटन समारोहलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा नेतृत्व छिटो टुंगो लगाउन निर्देशन दिएका थिए । बन्दसत्रलाई सम्बोधन गर्ने क्रममा पनि ओलीले पार्टीका उपाध्यक्ष, महासचिव, सचिवसहितका नेताहरु लुम्बिनी प्रदेशकै भएको भन्दै सहमतिमा नाम टुंग्याउन भनेका थिए ।

आइतबार बिहान काठमाडौं फर्किनुअघि बन्दसत्रलाई सम्बोधन गरेका ओलीले सबै अधिकार पार्टी सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याललाई भएको बताउँदै दृढतापूर्वक अघि बढ्न आग्रह गरेका थिए । अर्याललाई निर्देशन गर्दै ओलीले भने, ‘फैसला दिनुपर्यो भने दृढतापूर्वक दिनुस्, मनाउनुस् ।’

उनले प्रतिनिधिहरुलाई समेत इञ्चार्जको निर्देशन मान्नुपर्ने बताउँदै उनले चुनावमा जाने अन्तिम अधिकार भने कायम रहेको बताए । उनले इगो त्यागेर नेकपा एमाले एकताबद्ध र सुदृढ हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?