+
+

राज्यले सिनेमा क्षेत्रलाई बेवास्ता गरेको छ : खगेन्द्र लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १७ गते १६:३४

अभिनेता खगेन्द्र लामिछाने अभिनय मात्र गर्दैनन्। उनी लेखक, निर्माता र निर्देशकसमेत हुन्। उनले काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो दिन ‘एक्काइसौं शताब्दीमा रिल : नेपाली सिनेमाको व्यापार’  विषयमा दिएको अभिव्यक्तिको सम्पादित अंश :

म सिनेमामा काम गर्न थालेको ११ वर्ष भयो। त्यसअघि  थिएटरमा काम गर्थें। म थिएटरमा काम गर्दा सिनेमामा आफूलाई कल्पना पनि गर्दिन थिएँ ।  तर नेपाली सिनेमा हेर्दा नेपालीपनसँग जोडिएको सिनेमा कम हुन्थे। बजारलाई चलायमान बनाउने सिनेमा बलिउडबाट अति प्रभावित हुन्थे । जुन सिनेमा हेर्दा हामीले आफ्नो उपस्थिति देख्दैन थियौँ । हामी संयोगले सिनेमामा आयौं ।

हामीले बनाउने सिनेमा कस्तो हुनुपर्छरु मैले बुझेको के भने हलमा सिनेमा हेर्न जाँदा हाम्रो समाज कहाँ छ। रियलिस्टिक फिल्म हेर्न जाने जमात कति छरु नेपाली फिल्महरू अन्तर्राष्ट्रिय प्लेटफर्ममा पुगेका छन् ।

१५ वर्षअगाडि नेपाली सिनेमा एक्जिस्ट नै गर्दैन थियो ।  यो सालमात्रै ३-४ वटा नेपाली सिनेमा विश्वको सबैभन्दा ठूलो फेस्टिभलमा सहभागी भइरहेका छन् । यो राम्रो कुरा हो । हाम्रो मौलिक कथालाई विश्वले पनि खोजेर हेर्न चाहन्छ  ।

तर सिनेमा क्षेत्रमा राज्यको उपस्थिति शून्य छ ।

राज्यले सिनेमा क्षेत्रलाई बेवास्ता गरेको छ । अरु हरेक क्षेत्रमा हेर्नुभयो भने बीमाको व्यवस्था छ । धेरै व्यवसायसँग सरकार जोडिन्छ । तर सिनेमा यस्तो बिजनेस हो फिल्म दर्ता गर्दा विकास बोर्डमा १३ हजार ५ सय राज्यलाई तिर्नुपर्छ। त्यसपछि राज्यको भूमिका शुन्य । अहिले व्यतिगत क्षमताले विश्व सिनेमामा नेपाली सिनेमा पुर्‍याइरहेका मेकर हुनुहुन्छ । राज्यले म पनि साथमा छु भनेर हौसला दियो भने कहाँ पुग्थ्यो होलारु ०५८ सालपूर्वको राज्यको भूमिका जस्तो थियो नेपाली सिनेमामा हाम्रो लडाइँ यसैमा छ ।

चलचित्रकर्मीले त सरकारलाई कमाइदिरहेको जस्तो भइरहेको छ । फिल्म चल्यो भने राज्यले २५ प्रतिशत लिन्छ । खासमा फिल्म डुब्दा हाम्रो जिन्दगी चाहिँ कसरी चल्छ जस्तो लाग्छ । हामी नागरिक भएको अर्थ के ?  हामी यसका लागि फाइट गरिरहेका छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?