+
+

आज २ बजेपछि क्रिकेट हेर्न वीरगञ्ज महानगरले दियो बिदा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १८ गते १४:०१

१८ भदौ, काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकाले एसिया कप क्रिकेट प्रतियोगिता हेर्न सोमबार २ बजेपछि सार्वजनिक विदा दिएको छ ।

महानगरका अधिकृत हरि राउतले क्रिकेट हेर्नकै लागि महानगरपालिका अन्तर्गत अत्यावश्यक सेवाहरु बाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्ने सूचना जारी गरेका हुन् ।

सूचनामा भनिएको छ, ‘क्रिकेट खेलप्रतिको भावना अभिवृद्धि गर्न तथा एसिया कपमा नेपाल सहभागी भई गौरवान्वित महसुस गरेकोले नेपाली क्रिकेट टोलीको हौसला बढाउन २ बजेदेखि अत्यावश्यक सेवाहरु वाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिनेछ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?