+
+

सकियो तीन दिने ‘सूर्य नेपाल काठमाडौं कलिङ साहित्य’

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १८ गते १९:२४

शुक्रबारबाट सुरु भएको तीन दिने ‘सूर्य नेपाल काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो संस्करण आइतबार समापन भएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदको प्रमुख आतिथ्यतामा उद्घाटन भएको महोत्सवमा दक्षिण एसियाका लेखक तथा कलाप्रेमीहरूको सहभागिता थियो । परराष्ट्रमन्त्री साउदले नेपाल सरकारको तर्फबाट  र महोत्सवका तर्पफबाट कलिङ साहित्यिक महोत्सवका सस्थापक निर्देशक रश्मी रञ्जन परिदा तथा यशस्वी प्रज्ञा प्रतिष्ठानकी अध्यक्ष रञ्जना निरौलाले अतिथिहरूलाई स्वागत गरे ।

नेपालको चर्या र कुमारी नृत्य प्रस्तुतिसँगै सुरु भएको महोत्सवमा ५० भन्दा बढी सेसन थिए ।

नेपाल, भारत, भुटान, बंगलादेश र श्रीलंकालगायत देशका साहित्यकारहरु जमघट भएको यो अन्तर्राष्ट्रिय महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ्ग लिटररी फेस्टिभल ९केएलएफ० भारतको संयुक्त आयोजनामा भएको हो ।

दक्षिण एसियाका करिब तीन सय लेखकहरूको सहभागिता रहेको महोत्सवमा दक्षिण एसियाली कला, साहित्य, संगीत, सिनेमा, नृत्य, कविता, पत्रकारिता, पर्यटन, राजनीतिलगायत समसामयिक विषयमा प्रस्तुति र चर्चा परिचर्चा भएको थियो ।

महोत्सवमा भारतबाट आएका अभिनेत्री दिव्या दत्त, गायिका अभिलिप्सा पाण्डा, नृत्यक अरुणा मोहन्ती, पटकथा कार नीलधर माधव, पत्रकार सुहासिनी हैदरलगायत चर्चित व्यक्तित्वहरु मुख्य आकर्षण बनेका थिए । नेपालबाट अभिनेत्री मनिषा कोइराला, कलाकार नीर शाह, अभिनेता तथा निर्देशक खगेन्द्र लामिछाने, आख्यानकारहरु नयनराज पाण्डे, अमर न्यौपानेलगायत कलाकार तथा लेखक विभिन्न सेसनका मुख्य आकर्षण बने।

‘शक्ति र भक्ति–सभ्यतागत सम्बध, विश्वव्यापी विचारको केन्द्र नेपाल’लाई केन्द्रीय  स्वर बनाइएको  महोत्सव दक्षिण एसियाली क्षेत्रका सभ्यता, सांस्कृतिक र आध्यात्मिक संवादका साथै साहित्यिक दृष्टिकोणलाई बलियो बनाउने उद्देश्यले सुरु गरिएको आयोजकको भनाइ छ ।

दक्षिण एसियाली संवादको केन्द्रीय थलोको रूपमा स्थापित गर्दै महोत्सवले नेपाललाई विश्वव्यापी स्तरमै पहिचान दिने केएलएफकी संस्थापक तथा निर्देशक रश्मी रञ्जन परीडाले विश्वास व्यक्त गरिन् ।

सूर्य नेपालु मुख्य प्रायोजक रहेको महोत्सवलाई एलआईसी नेपाल, हिमालय डायरी प्रायोजन गरेका छन् । साहित्यिक महोत्सव भनिए पनि तीन दिनसम्म चलेका सेसनमा लैंगिकता, जलवायु परिवर्तन, कुटनीतिलगायत समसामयिक राजनीतिक मुद्दाहरुमा समेत छलफल भएका थिए ।

महोत्सवमा तीनै दिन कविता, गीत तथा गजलका प्रस्तुतिमा दर्जनौं सर्जकले प्रस्तुति दिए । महोत्सवको अन्तिम सेसनको प्रस्तुति महफिलमा स्रोताहरुको उल्लेखनीय सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?