+
+

रजनीले जोडिन् नेपालको लागि अर्को स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १९ गते २०:१७

१९ भदौ, काठमाडौं । नेपालकी रजनी श्रेष्ठले काठमाडौंमा जारी ५५ औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा मंगलबार स्वर्ण जितेकी छिन् ।

दरबारमार्गस्थित होटल याक एण्ड यतिमा सञ्चालन भइरहेको प्रतियोगितामा रजनीले  महिला शारीरिक सुगठनको ५५ केजी तौल समूहमा भारतकी सविता बानियालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । तेश्रो स्थानमा भियतनामकी दिन्ह किम लोन रहिन् ।

यो सहित हालसम्म नेपालले ३ स्वर्ण जितेको छ ।

यसैगरी महिलातर्फको १५५ सेमी सम्मको मोडल फिजिकमा नेपालकी तारा खाइजुले रजत प्राप्त गरिन् । थाईल्याण्डकी किरातीया छन्त्रतले स्वर्ण जित्दा भारतकी निमा डोमा लामाले कास्य जितिन् ।

एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् फेडेरेसनको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघको ब्यवस्थापनमा भएको च्याम्पियनसिपको १७० सेमी सम्मको पुरुष फिजिक विधामा नेपालका राजु राईले रजत पदक जिते । उनले मालदिभ्समा सम्पन्न अघिल्लो संस्करणमा कास्य पदक प्राप्त गरेका थिए । थाईल्याण्डका वान्चाई कान्जानापिमिनेले स्वर्ण तथा भियतनामका तरान होङ्ग दुइ थुआनले कास्य प्राप्त गरे ।

यस्तै १७५ सेमी माथिको प्रतिस्पर्धामा रन्जित लामाले कास्य पदक प्राप्त गरे । थाईल्याण्डका दाम्रोङ्गसाक सोयश्रीले स्वर्ण र चाईना मकाउका अउ मान किटले रजत प्राप्त गरे ।

पुरुष शारीरिक सुगठनतर्फ ७५ केजी तौल समूहमा ललित धिमालले नेपालका लागि रजत प्राप्त गरे । भारतका राहुल चिन्डाले स्वर्ण र भारतकै जगन्नाथ खुन्तियाले कास्य प्राप्त गरे । ८० केजी तौलमा नेपालका कृष्ण प्रसाद श्रेष्ठले कास्य पदक प्राप्त गरे । थाईल्याण्डका पतैवात अल्कावतले स्वर्ण र भारतका प्रकास प्रधानले रजत प्राप्त गरे ।

नेपालले अहिलेसम्मको नतिजामा ३ स्वर्ण ६ रजत र ३ कास्य पदक जितेको छ । नेपालले आज अब ४ विधामा प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?