+
+

पिपल्स च्वाइस अवार्डको मनोनयनमा अनन्त र निरुता

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते १४:१४

३ माघ, काठमाडौं । फुटबलर अनन्त तामाङसँगै भलिबलका निरुता ठगुन्ना पिपल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड अन्तरगत दिइने पिपल्स च्वाइस विधाको मनोनयनमा परेका ५ खेलाडीको नाम सार्वजनिक गरेको हो ।

मनोनयनमा फुटबलर अनन्त, भलिबलकी निरुतासँगै करातेका विप्लवलाल श्रेष्ठ, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र बडिबिल्डिङकी रजनी श्रेष्ठ परेका छन् ।

पिपल्स च्वाइस विधाका विजेता मञ्चमा आवद्ध खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक, समर्थक र इ–सेवाको भोटिङबाट चुनिने छ ।

जसमा इ–सेवाको मतभार ५० प्रतिशत हुनेछ भने सामाजिक सञ्जाल फेसबुक मतभार २५ प्रतिशत (एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजबाट गर्नुपर्ने छ) हुनेछ ।

यस्तै नेपाल ओलम्पिक कमिटिमा आवद्ध २७ राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार–१२ दशमलव ५ प्रतिशत रहनेछ । नेपाल खेलकुद पत्रकार (मञ्च) का सदस्यको मतभार १२ दशमलव ५ प्रतिशत रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?