+

वानडे क्रिकेट विश्वकपका लागि अष्ट्रेलियाको टोली घोषणा

२०८० भदौ  २० गते ११:३५ २०८० भदौ २० गते ११:३५
वानडे क्रिकेट विश्वकपका लागि अष्ट्रेलियाको टोली घोषणा

२० भदौ, काठमाडौं । पाँच पटकको च्याम्पियन अष्ट्रेलियाले वानडे क्रिकेट विश्वकपका लागि टोली घोषणा गरेको छ । अष्ट्रेलियाले यसअघि घोषणा गरेको १८ सदस्यीय प्रारम्भिक टोलीबाट बुधबार १५ सदस्यीय टोली घोषणा गरेको हो ।

क्रिकेट विश्वकप सुरु हुन अब एक महिना बाँकी छ । विश्वका उत्कृष्ट दश राष्ट्रले प्रतिस्पर्धा गर्ने विश्वकप अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा आयोजना हुनेछ ।

अष्ट्रेलियाको प्रारम्भिक टोलीमा रहेका अलराउण्डर आरोन हार्डी, फास्ट बलर नाथन इलिस र स्पीनर तनविर सांगा बाहिरिएका छन् ।

अष्ट्रेलियाले विश्वकपका लागि अनुभवी खेलाडीलाई जोड दिएको छ । टेष्ट स्टार ब्याटर मार्नुस लाबुसचेन भने यसअघि नै १८ जनाको सूचीमा अटाएनन् ।

फास्ट बलर प्याट कमिङ्सको कप्तानीमा रहेको अष्ट्रेलिया टिममा जोस हेजलउड मिचेल स्टार्क जस्ता पेस बलर छन् । यस्तै सिन एबोट चौथो फास्ट बलरको रुपमा रहँदा एस्टन एगर र एडम जाम्पा स्पीनर छन् ।

डेभिड वार्नर, स्टिभ स्मिथ र ट्रेभिड हेड ब्याटरको रुपमा छन् भने एलेक्स केरी र जोस इंग्लिस दुई विकेट किपर छन् ।

अष्ट्रेलियन टिममा स्टार अलारउण्डरहरु छन् । मिचेल मार्श, ग्लेन म्याक्सवेल, मार्कुस स्टोइनिस र क्यामरुन ग्रीन जस्ता अलराउण्डर हुँदा अष्ट्रेलियाको टोलीका लागि धेरै विकल्प हुनेछ ।

साउथ अफ्रिकासँगको पाँच खेलको ओडिआई सिरिजका लागि अष्ट्रेलियाली टिम हाल साउथ अफ्रिकामा छ ।

य्स्तै यसै महिनाको अन्तिममा अष्ट्रेलियाले भारतसँग तीन खेलको ओडिआई सिरिज खेल्नेछ ।

विश्वकपअघि नेदरल्याण्ड्स र पाकिस्तान सँग वार्म अफ म्याच खेल्ने अष्ट्रेलियाले अक्टोबर ८ मा चेन्नाईमा आयोजक भारतसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

अष्ट्रेलियन टोली : प्याट कमिङ्स (कप्तान), स्टिभ स्मिथ, एलेक्स केसी, जोस इंग्लिस, सिन अबोट, एस्टन एगर, क्यामरुन ग्रीन, जोस हेजलउड, ट्रेभिस हेड, मिचेल मार्श, ग्लेन म्याक्सवेल, मार्कुस स्टोइनिस, डेभिड वार्नर, एडम जाम्पा, मिचेल स्टार्क

अष्ट्रेलिया वानडे क्रिकेट विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय