+
+

रिजालको पार्थिव शरीर १२ बजेसम्म राष्ट्रिय सभागृहमा, त्यसपछि पशुपतिमा अन्त्येष्टि

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २१ गते ११:००

२१ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष एवम् नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ७ का क्षेत्रीय सभापति मुकुन्द रिजालको पार्थिव शरीरलाई ११ बजेदेखि राष्ट्रिय सभागृहमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।

११ बजेदेखि १२ बजेसम्म राष्ट्रिय सभागृहमा र १२ः३० बजेदेखि १ः३० बजेसम्म पशुपति मन्दिर परिसरमा श्रद्धाञ्जलीका लागि राखिने नेपाली कांग्रेसका कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । त्यसपछि आज दिउँसो २ः३० बजे दाहसंस्कार गर्ने कार्यक्रम रहेको पौडेलले जानकारी दिए ।

रिजालको आज बिहान ७ः३० बजे काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

२०२७ साल कात्तिकमा जन्मिएका रिजालले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको नेपाली कांग्रेसले जनाएको छ ।

वि.सं. २०४६ सालको ऐतिहासिक जनआन्दोलमा उनी प्रहरीको हिरासतमा पनि बसेका थिए । उनी काठमाडौं महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्ष पदमा दुई पटक निर्वाचित भएका थिए ।

सरस्वती क्याम्पसमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी संघमा आवद्ध भई राजनीतिक यात्रा सुरु गरेका रिजालले मानव अधिकारवादी संघ संस्थामा समेत आवद्ध भएर कार्य गर्दै आएका थिए ।

पार्टी सभापति देउवाबाट दुःख व्यक्त

उनको निधनबाट नेपाली कांग्रेसले एक होनाहार नेतृत्वलाई गुमाएको कार्यालय सचिव पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रिजालको निधनप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पनि दुःख व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पुर्याएको सक्रिय योगदानको स्मरण गर्दै सभापति देउवाले रिजालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

साथै, दिवंगत आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?