+
+

बैंकिङमा आएको उत्साहले सेयर बजार २४ अंक बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते १५:१९

३१ वैशाख, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २४ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से १९९८ अंकमा कायम भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब १५ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४० करोडको भयो । १४८ कम्पनीको मूल्य बढ्दा ८५ को घट्यो भने ११ को स्थिर रह्यो ।

सोमबार नै अधिकांश वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदर घटाएको सूचना सार्वजनिक गरेका छन् । जसले गर्दा पनि बजार बढ्नमा टेवा पुग्यो ।

यस दिन बजारलाई बैंकिङ समूहले नै बढाएको छ । बैंकिङ क्षेत्रको सूचक सबैभन्दा धेरै ३.२ प्रतिशत बढ्यो । त्यस्तै लगानी समूह २ प्रतिशत बढ्यो । अंकका आधारमा बैंकिङ ३२, विकास बैंक १२, हाइड्रोपावर १३, जीवन बीमा ५०, माइक्रोफाइनान्स ३० र अन्य समूह १४ ले बढे ।

व्यापार ८, निर्जीवन बीमा ३, उत्पादन ६, होटल तथा पर्यटन २२ र फाइनान्स समूह ४ अंक घटे । पाँच कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । नारायणी डेभलपमेन्ट बैंक, समाज लघुवित्त, माण्डु हाइड्रोपावर, सिर्जनशील लघुवित्त र हिमालय ऊर्जा विकासको मूल्य १० प्रतिशत बढ्यो । गुराँस लघुवित्तको ९.७, सीईडीबी हाइड्रोपावरको ७.६, कुमारी बैंकको ६.२, आशा लघुवित्तको ६ र माछापुच्छ्रे बैंकको ५.७ प्रतिशत मूल्य बढ्यो ।

सीवाईसी लघुवित्तको ५.६, आरम्भ चौतारी लघुवित्तको ३.३ तथा रिभर फल्स पावरको २.५ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा संस्थापक, सीईडीबी हाइड्रोपावर, कर्णाली विकास बैंक, पोखरा फाइनान्स र कुमारी बैंक क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?