+
+
Shares

कारोबारसँगै बढ्यो सेयर बजार, बैंकिङमा आकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते १५:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शुक्रबार सेयर बजार २२.८५ अंक बढेर नेप्से २,६४७ अंकमा पुगेको छ र कारोबार रकम ६ अर्ब ७४ करोड भएको छ ।
  • बैंकिङ समूह सूचक सबैभन्दा धेरै १.५९ प्रतिशत बढ्दा जीवन बीमा १.५२, जलविद्युत् ०.८५ र व्यापार ०.८५ प्रतिशत बढेका छन् ।
  • आज १९६ कम्पनीको मूल्य बढ्दा ७४ को घटेको छ भने कुमारी बैंक, लक्ष्मी सनराइज बैंक र ग्लोबल आईएमई बैंक धेरै कारोबार भएका कम्पनीमा परेका छन् ।

२ असोज, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार २२.८५ अंक बढेको छ । यो वृद्धिपछि बजार परिसूचक नेप्से २६४७ अंकमा कायम भएको छ ।

कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन ५ अर्ब ४९ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७४ करोडको भयो । आज बैंकिङ समूहमा आकर्षण देखिएको छ ।

यो समूह सूचक सबैभन्दा धेरै १.५९ प्रतिशत बढ्यो । त्यस्तै जीवन बीमा १.५२ प्रतिशत बढ्यो । विकास बैंक ०.४०, होटल तथा पर्यटन ०.३३, जलविद्युत् ०.८५, लगानी ०.१०, उत्पादन तथा प्रशोधन ०.५५, माइक्रोफाइनान्स ०.७५, निर्जीवन बीमा ०.४८ र व्यापार ०.८५ प्रतिशत बढे । अन्य ०.११ र फाइनान्स ०.०२ प्रतिशत घटे ।

आज १९६ कम्पनीको मूल्य बढ्दा ७४ को घटेको छ । ९ कम्पनीको स्थिर रह्यो । स्नो रिभर्सको मूल्य १३.६६, इनिफिनिटी लघुवित्तको ९.८१, मैलुङखोला जलविद्युतको ८.८४, याम्बलिङ हाइड्रोपावरको ६.२०, बोटलर्स नेपाल तराईको ५.०६ प्रतिशत मूल्य बढ्यो ।

हाथवे इन्भेस्टमेन्टको १५, धौलागिरी लघुवित्तको ५.१३, मातृभूमि लघुवित्तको २.६४ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आईएमई बैंक, लिबर्टी इनर्जी, सिद्धार्थ बैंक, सानिमा मिडिल तमोर, शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?