+
+

प्रसूति गृहमा गर्भको बच्चा र आमाका लागि ‘इको कार्डियोग्राफी’ सेवा सुरू

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते १९:३२

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आफ्ना केही सेवा विस्तार गरेको छ । जेठ १ गतेदेखि गर्भमा रहेको बच्चा र आमाको ईको कार्डियोग्राफी सेवा सुरू गर्न लागेको हो ।

यसअघि बच्चा र आमाको ईको कार्डियोग्राफी सेवा लिनका लागि निजी अस्पताल महँगो पैसा तिरेर गर्नुपर्ने बाध्यता थियो ।

अस्पताल निर्देशक डा. श्रीप्रसाद अधिकारीले नयाँ सेवा विस्तारका रुपमा गर्भवती महिला र गर्भमा रहेको बच्चाको मुटुको जाँच इको कार्डियोग्राफी १ जेठदेखि सुरु हुने बताए ।

‘गर्भवती महिला तथा गर्भमा रहेका बच्चाका लागि इको कार्डियोग्राफी सेवाले सेवाग्राहीलाई निकै सहजीकरण हुने विश्वास राखेको छु । अबदेखि प्रसूतिमै सर्वसुलभ रुपमा इको काडियोग्राफी लिन सकिन्छ,’ डा. अधिकारीले भने ।

डा. अधिकारीका अनुसार यसअघि गंगालाल अस्पताल तथा अन्य निजी अस्पतालमा जानुपर्ने बाध्यतालाई सहजीकरण गर्न गंगालालकै चिकित्सकले हप्ताको तीन–तीन दिन उक्त सेवा दिने जानकारी दिए ।

इको कार्डियोग्राफी सेवा बेलुकी ५ बजेपछि मात्रै लिन सकिन्छ, टिकट लिनका लागि ३ बजे अस्पताल आइसक्नुपर्ने छ ।

गर्भवती तथा अन्य महिलाको ‘इको कार्डियोग्राफी’ आइतबार, मंगलबार र बिहीबार हुनेछ भने गर्भमा रहेको शिशुको ‘इको कार्डियोग्राफी’ सोमबार, बुधबार र शुक्रबार लिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?