+
+

बाँके बस दुर्घटनामा मृत्यु भएका ६ जनाको सनाखत, सबै बर्दियाको ठाकुरबाबाका

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २३ गते ११:००

२३ भदौ, दाङ । बाँकेमा बस दुर्घटना हुँदा मृत्यु भएका ६ जनाको सनाखत भएको छ ।

कोहलपुरको शम्शेरगञ्जमा शुक्रबार राति बस दुर्घटना हुँदा मृत्यु हुनेहरूमा बर्दियाको ठाकुरबाबा-९ का ५० वर्षीय काँशिराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीय रुपा परियार, जयन्ति थारु, ६५ वर्षीय साँधुराम थारु  र वडानम्बर ८ का ४५ वर्षीय जुगबहादुर चन्द रहेका छन् ।

मृतक एक जनाको भने सनाखत नभएको प्रहरीले जनाएको छ । नाम र वतन नखुलेका करिब ३५ वर्षीय पुरुष गाडीका स्टाफ भएको प्रहरीले जानकरी दिएको छ ।

दुर्घटनामा २९ जना घाइते भएका छन् । उनीहरूको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये दुई जना गम्भीर रहेका छन् भने १२ जना मध्यम र १५ जना समान्य छन् ।

बसमा ४१ यात्रु रहेका थिए । त्यसमध्ये ५ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

दाङबाट बर्दियातर्फ जाँदै गरेको ना७ख २३२१ नम्बरको बस बाँकेको शम्शेरगन्जमा रोकिराखेको ना८ख ६४०५ नम्बरको ट्रकमा ठोक्किएर शुक्रबार राति दुर्घटना भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?