News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुरको ग्वार्कोमा बिहीबार बस दुर्घटना हुँदा ४० वर्षीया जेनिशा लामाको मृत्यु भएको छ ।
- कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको बस फ्लाईओभरमा ठोक्किएर दुर्घटना भएको हो ।
- दुर्घटनामा १९ जना घाइते भएका छन् भने प्रहरीले बस चालक लक्षी तामाङलाई नियन्त्रणमा लिएको छ ।
२१ साउन, काठमाडौं । ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको छ । बिहीबार बिहान साढे १० बजेतिर कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बस फ्लाईओभरमा ठोक्किएर दुर्घटना भएको हो ।
एसपी मिश्रका अनुसार बा२ख ३५९० नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा ६ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि बी एण्ड बी अस्पताल पठाइएको छ ।
प्रहरीले बस चालक काभ्रेको तिमाल गाउँपालिका-३ घर भई हाल भक्तपुर बस्ने ३६ वर्षीय लक्षी तामाङलाई नियन्त्रणमा लिएको छ ।
बि. एण्ड बि. हस्पिटलमा रहेका घाइते
१. जिल्ला रामेछाप घर भई हाल भक्तपुर सुर्यबिनायक बस्ने वर्ष २३ कि सुन्निमा योन्जन । अवस्था -गम्भीर घाइते शरीरको भित्री भागमा चोट ।
२. जिल्ला कञ्चनपुर घर भई हाल भक्तपुर बस्ने वर्ष २४ को तुल्सी धानुक । अवस्था- सामान्य
३. जिल्ला भक्तपुर भर भई बस्ने वर्ष ४० कि कविता कार्की अवस्था- टाउकोमा चोट
४. जिल्ला दोलखा सैलुङ गा.पा. घर भई हाल भक्तपुर सुर्यबिनायक बस्ने वर्ष ४० कि जेनिशा लामा अवस्थाः- (मृत्यु)
५. जिल्ला सिन्धुली मरिन गा.पा. ३ घर भई हाल भक्तपुर बस्ने वर्ष ३३ को धन कुमार ढोङ । अवस्थाः- बायाँ खुट्टामा समान्य चोट ।
६. जिल्ला भक्तपुर ठिमि न.पा. ६ घर भई बस्ने वर्ष ३७ कि लक्ष्मी श्रेष्ठ अवस्था – बाँया हात र कम्मरमा सामन्य चोट
७. जिल्ला भक्तपुर चागुनारायण न.पा. ७ सरस्वतीखेल घर भई बस्ने वर्ष २४कि रशिला दुलाल । अवस्थाः- सामन्य कम्मरमा चोट ।
८. जिल्ला भक्तपुर सरस्वतीखेल ६ वस्ने वर्ष ६० को कृष्णराम थापा । (सह-चालक) अवस्थाः- बाँया खुट्टा फ्याक्चर गम्भिर
९. जिल्ला काभ्रे बनेपा १४ घर भई हाल भक्तपुर सरस्वतीखेल बस्ने वर्ष ४१ को अमृता कार्की । अवस्थाः- दाया हातको पाखुरा र दाया कम्मरमा समान्य चोट ।
१० जिल्ला ललितपुर महालक्ष्मी न.पा. ५ घर भई बस्ने वर्ष ४० कि कबिता के.सी. । अवस्थाः- टाउकोमा समान्य चोट ।
गोलोबल हस्पिटलमा रहेका घाइते
१. जिल्ला दोलखा घर भई भक्तपुर सुर्यबिनायक बस्ने वर्ष २४ को बिबेक दाहाल ।
२. जिल्ला सिन्धुली घर भई भक्तपुर सुर्यबिनायक बस्ने वर्ष १९ को भगवती खत्री ।
३. जिल्ला भक्तपुर मिलनचोक घर भई बस्ने वर्ष ४७ कि भगवती खत्री ।
४. जिल्ला भक्तपुर घर भई बस्ने वर्ष २८ कि जुनु सिल्पकार ।
५. जिल्ला ललितपुर महालक्ष्मीस्थान बस्ने वर्ष ४९ कि तुल्सी देवी खड्का ।
६. जिल्ला मोहत्तरी घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने वर्ष २१ कि अन्जु साह ।
७. जिल्ला कठमाडौं ठमेल घर भई सुर्यबिनायक बस्ने वर्ष २७ को आशुतोष श्रेष्ठ
८. जिल्ला सिन्धुपालचोक घर भई हाल ललितपुर भैसिपाटी बस्ने वर्ष ३६ कि स्तर देउजा ।
९. भारत देश घर भई हाल भक्तपुर कौशलटार बस्ने वर्ष ४५ को मोहम्द समिम ।
प्रतिक्रिया 4