+
+

मिस युनिभर्स नेपाल २०२३ को उपाधि जेन दीपिका ग्यारेटलाई

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २३ गते २२:४२

काठमाडौं । सौन्दर्य प्रतियोगिताका आममापदण्डलाई चुनौति दिँदै मिस युनिभर्स नेपाल २०२३ को उपाधि जेन दीपिका ग्यारेटले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा सन् २०२२ की विजेता सोफिया भुजेललाई ताज लगाइदिइन् ।

प्लस साइज आकारकी दीपिकाले सौन्दर्य प्रतियोगिताका लागि चाहिने ‘स्ट्यान्डर्ड’ मापदण्डलाई चुनौति दिँदै उपाधि जितिन् । अमेरिकाबाट फर्किएकी उनी पछिल्लो समय काठमाडौंमा बसोबास गर्दै आएकी छन् । २२ वर्षिया उनी मानसिक स्वास्थ्य, शरिर सकारात्मकता र हर्मोनल स्वास्थ्यको पक्षमा आफ्ना धारणा राख्दै आएकी छन् ।

गरिमा घिमिरे फस्ट रनरअप घोषित हुँदा बुद्धिसरा सुनार सेकेण्ड रनरअप भइन् । दुई विवाहित सुन्दरीहरु फाइनलमा पुगेका थिए । जसमा शिताष्मा पोखरेल तेस्रो र अभिलाशा लम्साल चौंथो रनरअप घोषित भए ।

सौरभ ज्योति, सुरक्षा पन्त, उपौल मजुमदार, उपाषना घिमिरे, आयुष कार्की श्रेष्ठ, रविराज कर्णिकार, संगीता पहाडी र नन्दिनी लेही थापा निर्णायकको भूमिकामा थिए । यसवर्षकी विजेता दीपिकाले आगामी नोभेम्बरमा एल साल्भाडोरमा हुने ७२ औं मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?