+
+

डडेल्धुरामा पहिरोले केआईसिंह राजमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २४ गते ८:२९

२४ भदौ, धनगढी । अविरल वर्षापछि खसेको पहिरोले डडेल्धुरामा केआईसिंह राजमार्ग अवरुद्ध भएको छ ।

गन्यापधुरा गाउँपालिका-२ को रडुवा खोलामा सडकमाथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार रातिदेखि पहिरो खस्ने क्रम जारी भएकाले अवरुद्ध सडक खुलाउन सकिएको छैन ।

पहिरोका कारण तराईबाट डोटी, बाजुरा र अछामका लागि छुटेका गाडीहरू डडेल्धुरामै रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?