+
+

गोकर्णेश्वरका मेयर रिसाललाई हेल्थ अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २३ गते २१:००

२३ भदौ, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसाल हेल्थ अवार्डबाट सम्मानित भएका छन् । उनलाई एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गरे ।

क्यान्सर पीडितहरुका लागि स्थानीय तहको सिफारिसमा संघ सरकारले दिने एक लाख रुपैयाँ अनुदानमा थप ५० हजार रुपैयाँ थपिदिने निर्णय पहिलो कार्यपालिका बैठकबाट मेयर रिसालले गरेका थिए ।

साथै समुदायस्तरमा क्यान्सर परीक्षणको अभियान चलाएको, शंकास्पदको पुनः परीक्षण नगरपालिकाबाटै गराएको, नगर अस्पतालको विकासमा प्राथमिकता दिएको र ७० वर्षमाथिका बिरामीको ७० प्रतिशत उपचार खर्च नगरले व्यहोर्ने नीति लिएका कारण रिसाललाई उक्त अवार्ड प्रदान गरिएको आयोजक स्वास्थ्य खबरकी अध्यक्ष नर्मदा न्यौपानेले जानकारी दिइन् ।

स्वास्थ्य मन्त्रालयको साझेदारीमा स्वास्थ्य खबर पत्रिकाले हरेक वर्ष हेल्थ अवार्ड प्रदान गर्दै आएको छ । यस वर्ष १० वटा विधामा १३ जनालाई प्रधानमन्त्री प्रचण्डको हातबाट सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?