+
+

सानिमा इक्वीटी फण्डले १८ प्रतिशत नगद लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २४ गते १०:५३

२४ भदौ, काठमाडौं । सानिमा इक्वीटी फण्डले इकाईधनीलाई १८ प्रतिशत प्रतिफल दिने भएको छ ।

सानिमा बैंक कोष प्रवर्द्धक र सानिमा क्यापिटल योजना व्यवस्थापन रहेको सानिमा म्युचुअल फण्ड अन्तरर्गत सञ्चालित सानिमा इक्वीटी फण्डले आर्थिक वर्ष २०७८/७९ को मुनाफा तथा सञ्चित नाफाबाट उक्त प्रतिफल दिने घोषणा गरेको हो ।

सानिमा क्यापिटलको २२ भदौमा बसेको सञ्चालक समितिको बैठकले उक्त प्रतिफल प्रस्ताव गरेको हो । १ अर्ब ३० करोड रुपैयाँको उक्त योजनाले इकाइधनीलाई कुल २३ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिफल बाँड्ने भएको हो ।

योजनाको इकाइधनी दर्ता किताब बन्द भएपनि सेयरधनी प्रतिफल वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?