+
+

एनएसएलको खेलतालिका सार्वजनिक, विराटनगरले नखेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २४ गते २०:५३

२४ भदौ, काठमाडौं । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको खेलतालिका सार्वजनिक भएको छ ।

आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले सोमबार खेलतालिका सार्वजनिक गरेको हो । एनएसएलको दोस्रो संस्करण नोभेम्बर २४ देखि डिसेम्बर ३० सम्म हुने आयोजकले जनाएको छ ।

(एनएसइएम) का निर्देशक श्रेयांश कार्कीले विज्ञप्ति जारी गर्दै दोस्रो संस्करणमा विराटनगर सिटीले नखेल्ने निर्णय गरेको र ९ टोलीले मात्र प्रतिस्पर्धा गर्ने बताएका छन् ।

पहिलो संस्करणमा विराटनगरसहित ७ टोलीले प्रतिस्पर्धा गरेका थिए । दोस्रो संस्करणका लागि झापा एफसी, स्पोर्टिङ इलाम डे मेसी र वीरगञ्ज युनाइटेड थपिएपछि १० टोलीले प्रतिस्पर्धा गर्ने तयारी थियो ।

तर अन्तिम समयमा विराटनगरले नाम फिर्ता लिने निर्णय गरेको आयोजकले जनाएको छ । अब तीन नयाँ टिमसहित साविक विजेता काठमाडौं रेजर्स, साविक उपविजेता धनगढी एफसी, ललितपुर सिटी एफसी, पोखरा थण्डर्स, एफसी चितवन र बुटवल लुम्बिनी एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै यसअघि विराटनगरमा पनि एनएसएलका खेलहरु खेलाउने तयारी गरेको आयोजकले आर्थिक समस्याका कारण दोस्रो संस्करणका खेलहरु पनि काठमाडौंमै मात्र गर्ने निर्णय गरेको छ ।

यस्तै एनएसएलका लागि अक्टोबर ६ मा खेलाडीको अक्सन हुनेछ ।

काठमाडौं र इलामबीच उद्घाटन खेल

एनएसएलको दोस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता काठमाडौं र नयाँ टोली इलामबीच प्रतिस्पर्धा हुनेछ । खेल मंसिर ८ गते हुनेछ ।

प्रतियोगितामा लिग चरणका ३६ र प्लेअफका ४ गरी कूल ४० खेल हुनेछ । जसमा ६ खेल दिउँसो हुने र ३६ खेल बेलुका हुने आयोजकले जनाएको छ । ६ दिन २-२ खेल हुनेछ । फाइनल खेल डिसेम्बर ३० मा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?