+
+

एमटीभी म्युजिक भिडियो अवार्डमा टेलर स्वीफ्टको दबदबा (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २७ गते १२:४८

काठमाडौं । यस वर्षको एमटीभी म्युजिक भिडियो अवार्डमा गायिका टेलर स्वीफ्टको दबदबा देखिएको छ । ठूला विधामा कब्जा जमाउँदै उनले विश्व संगीतको प्रतिष्ठित अवार्ड आफ्नो पोल्टामा पारिन् ।

स्वीफ्टले आफ्नो पछिल्लो गीत ‘एन्टीहिरो’बाट भिडियो अफ द इयर, आर्टिस्ट अफ द इयर, सङ अफ द इयर, बेस्ट पप, बेस्ट डिरेक्सन, भिजुअल इफेक्ट, सो अफ द समर विधा जित्दै इतिहास रचिन् ।

साथै बेस्ट सिनेम्याटोग्राफी, ‘मिडनाइट’बाट एल्बम अफ द इयरमा पनि स्वीफ्टकै पोल्टामा पुग्यो । उनी यस वर्ष ११ वटा विधामै मनोनित थिइन् ।

‘सुपर फ्रिकी गर्ल’बाट निकी मिनाजले बेस्ट हिपहप विधामा ट्रफी उचालिन् । उत्कृष्ट एफ्रो-बिट्स विधामा रेमा र सेलेना गोमेजले पछिल्लो चर्चित गीत ‘काम डाउन’बाट जित निकाले । ‘पिंक भेनम’बाट के-पप ब्याण्ड ब्ल्याक पिंकले कोरियोग्राफी विधा जित्दा यही ब्याण्डको पोल्टामा ‘ग्रुप अफ द इयर’ पनि पुग्यो ।

एमटिभी म्युजिक भिडियो अवार्ड २०२३ मा विश्व संगीतका चर्चित अनुहार उपस्थित थिए । रेडकार्पेटमा उनीहरुले फेसनको जादूसमेत छरे ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?