+
+

भारतका ४ स्टार खेलाडी आउट गर्ने डुनिथ बेलालेज को हुन्?

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २७ गते २१:४५

२७ भदौ, काठमाडौं । ‘श्रीलंकाले भारतलाई पछि पार्‍यो’, एसिया कपको सुपर फोर अन्तर्गत मंगलबार श्रीलंकाका डुनिथ वेलालेजले आफ्नो स्पिनबाट भारतका उत्कृष्ट ब्याटरहरुलाई आउट गरेपछि इंग्ल्याण्डका पूर्व क्रिकेटर डोमिनिक कर्कलेले भने ।

चीर प्रतिद्वन्द्वी पाकिस्तानमाथि वर्षाले प्रभावित खेलमा शानदार जितको २४ घण्टा नपुग्दै रोहित शर्माको भारतले साविक विजेता श्रीलंका विरुद्ध रोमाञ्चक सुरुवात गरेको थियो ।

आर प्रेमादास स्टेडियममा भारतीय भेट्रान कप्तान रोहितले १० हजार रन पूरा गरे । जसमा उनले अर्धशतक प्रहार गरे ।

लयमा रहेका शुभमन गिलको सहयोगमा रोहितले पहिलो विकेटका लागि ११ ओभरमै विना क्षति ८० रनको साझेदारी गरेपछि भारतले जारी एसिया कपमा अर्को ठूलो स्कोर बनाउने अनुमान थियो ।

तर श्रीलंकन राइजिङ स्टार वेलालेजले गिललाई उत्कृष्ट डेलिभरीमा आउट गर्दै आफ्नो उपस्थिति देखाए । १२औं ओभरमा बलिङमा आएका उनले गिललाई आफ्नो पहिलो विकेटको शिकार बनाए ।

पाकिस्तान विरुद्ध शतक हानेका कोहलीलाई वेलालेजले १४औं ओभरमा बोल्ड गरे ।

१२ बलमा ३ रन बनाएका कोहलीलाई वेलालेजले कप्तान दसुन सनाकाबाट क्याचआउट गराए ।

ड्रिङ्स ब्रेकपछि २० वर्षीय वेलालेजले ज्याकपट विकेट लिए । उनले १६औं ओभरमा कप्तान रोहितलाई बोल्ड गरे । ८०-० मा रहेको भार १६ ओभरमै ९३-३ को स्थितिमा पुग्यो ।

वेलालेजले उत्कृष्ट बलिङ गर्दै मेडनसहित ३ ओभरमा ४ रन मात्र खर्चेर ३ विकेट लिएपछि भारत ब्याकफुटमा आयो ।

त्यसपछि वेलालेजले ३०औं ओभरमा ३९ रन बनाएका केएल राहुललाई आउट गरे भने इशान किसनलाई ३५औं र हार्दिक पाण्डेलाई ३७औं ओभरमा आउट गरे ।

****

सन् २००२ मा भारतले श्रीलंकासँग आईसीसी च्याम्पियन्स ट्रफी बाँड्दा वेलालेज जन्मेका समेत थिएनन् ।

तर १९९६ को विश्वकप जितेका श्रीलंकाका लागि आफ्नो १३औं ओडीआई खेलमै उनले शानदार बलिङ गर्दै हेडलाइनमा छाए ।

लेफ्ट ह्याण्डेड ब्याटर र स्लो लेफ्ट आर्म अर्थोडक्स बलर वेलालेजले कोलोम्बोस्थित सेन्ट जोसेफ कलेजबाटमा अध्ययन गरेका थिए ।

सन् २००३ जनवरी ९ मा कोललोम्बोमा जन्मिएका वेलालेजले २०२२ मा पाल्लेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा अष्ट्रेलियाविरुद्ध डेब्यु गरेका थिए । वेलालेजले अहिलेसम्म एक मात्र टेष्ट पाकिस्तानविरुद्ध खेलेका छन् । उनले श्रीलंकाका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा १८ विकेट लिएका छन् ।

वेलालेजले गत वर्ष भएको यू-१९ विश्वकपमा श्रीलंकन यू-१९ टिमको कप्तानी समेत गरिसकेका छन् । श्रीलंकन युवा स्टार यू-१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमध्ये एक थिए । उनले १७ विकेट लिएका थिए । अलराउण्डर वेलालेजले श्रीलंकाका लागि सर्वाधिक २६४ रन समेत बनाएका थिए ।

यू-१९ विश्वकपको पहिलो खेलमै स्कटल्याण्ड विरुद्ध ५ विकेट लिएका उनले त्यसपछि अष्ट्रेलियाविरुद्ध पनि ५ विकेट लिनुका साथै अर्धशतक प्रहार गरेका थिए । यस्तै सुपर लिग प्लेअफमा उनले दक्षिण अफ्रिका विरुद्ध ११३ रन बनाउनुका साथै १ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?