+
+
‘नाडा अटो शो २०२३’ :

इन्ट्री-लेवल र प्रिमियम दुवै ग्राहकको रोजाइमा सेरेस ईभी : तीन दिनमा १८४ बुकिङ

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० भदौ २९ गते १८:०५

२८ भदौ, काठमाडौं । कीर्तिपुरका आनन्द महर्जन ‘नाडा अटो शो २०२३’मा प्रवेश गर्दै गर्दा ‘सेरेस’ ब्राण्डको विद्युतीय गाडीको स्टलमा ठूलो भीडभाड देखे । उनी पनि त्यही भीडमा मिसिए र करिब २० मिनेट तीन सिरिजका गाडीका विशेषताबारे जानकारी लिए ।

त्यसपछि बुकिङ स्टलमा रहेको बुकिङ गर्ने कोठामा छिरे र सेल्स म्यानेजरहरूसँग गाडीबारे थप जिज्ञासा राखे । त्यसपछि २५ हजार रुपैयाँ तिरेर उनले गाडी बुकिङ गरे ।

यसअघि स्कोडा ब्रान्डको पेट्रोल कार चलाउने मर्हजनले शोमा आएर ईभी बुकिङ गरेका हुन् । अबको भविष्य विद्युतीय गाडी नै भएकाले अटो शोमा आएका गाडीमध्ये आफूलाई सबैभन्दा राम्रो लागेको सेरेसको कार बुकिङ गरेको बताए । ‘पेट्रोलको मूल्य अत्यन्तै महँगो भयो, अब पेट्रोलको विकल्पमा जानु पर्छ,’ मर्हजनले भने ।

भक्तपुरका राजेश खोटेजा पालो पर्खिएरै सेरेसको मिनी इभीको स्टलमा प्रवेश गरे । कारको अगाडि सिटमा बसेर कम्पनीका सेल्स म्यानेजरसँग राजेशले कारबारे जानकारी लिए। यो विद्युतीय कार निकै सस्तो र राम्रो आएको प्रतिक्रिया दिदैं आफुले सेरेस मिनी इभी किन्ने बताए ।

पेट्रोलको अधिक मूल्य र पेट्रोलियम गाडीको अधिक खर्चका कारण आफू सेरेस गाडीतर्फ आकर्षित भएको उनले बताए । ‘पेट्रोल गाडीमा एक पटकमा तेल भर्न ५ हजार लाग्थ्यो, पछि ७ हजार पुग्यो अहिले १२ हजार चाहिन्छ,’ उनी भन्छन् ‘सेरेसको कारबारे पहिल्यै जानकारी लिएको थिएँ, लामो समय देखि यो कार आउने दिन पर्खिएर बसेको थिएँ ।’

तेल, सर्भिसिङ, एयर फिल्टर, मोबिल, इन्धन केही फेर्न नपर्ने भन्दै आफूले सेरेस रोजेको उनले बताए । मासिक २५ हजारको तेल खाने पेट्रोल कारको तुलनामा यसमा खर्च नै नभएको भन्दै उनले यो कार अन्तराष्ट्रिय रुपमा पनि प्रख्यात भएको बताए ।

कम बजेटमै कार चढ्ने रहर पूरा गर्नेहरू र मध्यम खालको एसयूभी कारका पारखीका लागि लक्षित गर्दै सेरेस कार नेपाली बजारमा आएको छ । अमेरिकामा डिजाइन गरिएको यो विद्युतीय कार अहिले टेक्नोलोजी जायन्ट हुवावेसँगको सहकार्यमा चीनमा बन्छ । विश्वका ७० मुलुकमा निकै रुचाइएको यो कार यूरोपका २१ वटा मुलुकमा पनि निकै लोकप्रिय छ । नेपालमा ७१ औं देशको रुपमा भित्रिएको कम्पनीका बिजनेश हेड प्रशन्न पन्तले बताए ।

एमएडब्लु वृद्धि अटोकर्प प्रालिले नेपाली बजारमा ल्याएको कारको दुईवटा ब्राण्ड सेरेस–थ्री र सेरेस मिनी इभी नाडा अटो शोमार्फत नेपाली बजारमा सार्वजनिक गरिएको छ । मिनी इभीका तीनवटा सिरिजका कारको मूल्य १३ लाखबाट सुरु भएर १८ लाखसम्म छ । सेरेस ३ का दुईवटा सिरिजका कारको मूल्य ४९ लाखबाट सुरु भएर ५२ लाखसम्म छ ।

तीन दिनमा १८४ कार बुकिङ
नाडा अटो शोमा अधिक मन पराइएको विद्युतीय कार सेरेस बनेको छ । वितरक कम्पनीका आनुसार शो को स्टल नम्बर ‘ए– ६’ आएर कार किन्नका लागि दैनिक विवरण टिपाउनेको संख्या ४ सय हारहारी छ । तीमध्ये तेस्रो दिनसम्म १८४ जनाले कारको अग्रिम बुकिङ गरेर पैसा तिरेर गएको पन्तले बताए ।

कम्पनीको कार बुकिङका लागि १५ हजारभन्दा माथिको रकम तिर्न सकिन्छ । अहिले बुकिङ गर्नेहरूलाई दशैँअघि नै कार उपलब्ध गराईसकिने कम्पनीले जनाएको छ ।

सेरेस ३ र मिनी इभी सिरेसमा दुवैको बुकिङ निकै उत्साहजनक भएको पन्त बताउँछन् । नाडा अटो शो को ६ दिनमा करिब ४ सय कारको बिक्री हुने देखिएको कम्पनीले जनाएको छ । कम्पनीले कारको टेष्ट ड्राइभ गर्न चाहनेका लागि नक्सालको शोरुमबाट यस्तो सुविधा दिइरहेको जनाएको छ ।

कस्तो छ मिनी ईभी सेरेस

चार सिटको यो कारको न्यूनतम् मूल्य नाडा अटो शोमा १३ लाख ९९ हजार रुपैयाँ मात्रै तोकिएको छ । ६ वर्ष वा एक लाख २० हजार किलोमिटर ब्याट्री वारेन्टी भएको कार साढे ३ देखि ४ घण्टामा फुल चार्ज हुन्छ र एक पटकको फुल चार्जमा १८० किलोमिटर गुड्छ ।

सेरेस मिड ईभी
चार सिटको यो कारको मूल्य ‘नाडा अटो शो’ मा १६ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । ६ वर्ष वा एक लाख २० हजार किलोमिटर ब्याट्री वारेन्टी भएको यो कार पनि कार साढे ३ देखि ४ घण्टामा फुल चार्ज हुन्छ र एक पटकको फुल चार्जमा १८० किलोमिटर गुड्छ ।

सेरेस टप ईभी

यो कारको मूल्य १७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यो कार फुल चार्जमा २ सय २० किलोमिटर कुद्न सक्छ । ६ वर्ष वा एक लाख २० हजार किलोमिटर ब्याट्री वारेन्टी यो कारमा उपलब्ध छ । सेरेसका मिनी इभी सिरिजका सबै कारको ग्राउण्ड क्लियरेन्स १४० एमएम छ ।

प्रिमियम एसयुभीका ग्राहकलाई सेरेस ३


सेरेस–३ एसयूभी सेग्मेन्टका लागि उपयुक्त प्रिमियम बोल्ड ईभी कार भएको कम्पनीको दाबी छ । यो कारको मूल्य नाडा अटो शोमा ४९ लाख ९९ हजारबाट सुरु हुन्छ ।

सेरेस–३ ९९ किलोवाट पिक पावरमा ५२.७ किलोवाट ब्याट्री क्षमतामा सार्वजनिक भएको छ । यो कार एक पटकको फूल चार्जमा ४०५ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।

प्रिमियम सेग्मेन्टमा उपलब्ध सेरेस–३ विद्युतीय सवारी साधनमा मात्र सीमित नभई लक्जरी, पावर, अन–रोड र अफ–रोड दुबैखाले सडक सुहाउँदो उत्कृष्ट एसयूभी ईभी रहेको कम्पनीका बिजनेश हेड पन्त बताउँछन् । सेरेस–३ आफ्नो सेग्मेन्टकै सबैभन्दा ठूलो एसयूभी ईभी भएको कम्पनीको दाबी छ ।

गाडीमा ३६०–डिग्री क्यामेरा, ड्यास क्याम र एन्ड्रोइड अटो र एप्पल कारप्ले कनेक्टिभिटीका साथ रियल–टाइम अफलाइन जीपीएस सिस्टमसमेत प्रदान गरिएको छ, जसले गाडीलाई थप प्रविधियुक्त र प्रिमियम बनाउन मद्दत गरेको दाबी गरिएको छ । ५ सिटे कारमा ६ वटा एयरब्याग छन् ।
१८ इन्चको टायर प्रदान गरिएको गाडीको अगाडि र पछाडि दुबै तर्फको ह्वीलमा डम्प ब्रेकको प्रयोग गरेको छ । उत्कृष्ट एसयूभीमा उपलब्ध सेरेस–३ मा कम्पनीले १९० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स प्रदान गरेको छ ।
यसका अतिरिक्त कम्पनीले सेरेस–३ लाई बोल्ड र आकर्षक लुक्सका साथमा पानारोमा सनरुफ, एलईडी हेडल्याम्पका साथमा टेलल्याम्प, अटो फोल्डेबल तथा हिटेड ओआरभीएम (रियर भ्यू मिरर) प्रदान गरेको छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?