+
+

अमेरिकालाई देखाउन पुटिन र किमले रेडवाइनदेखि राइफलसम्म साटे

एजेन्सी एजेन्सी
२०८० भदौ २९ गते १२:४७

२९ भदौ, एजेन्सी । चार वर्पपछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोन उन आमनेसामने भए । पुटिन र किम दुबैले अन्तरिक्ष केन्द्र नियाले ।

नियाल्ने काम सकेपछि दुवैले रेड वाइन चियर्स गरे । यस्तो लाग्थ्यो की दुबै मुलुक अन्तर्राष्ट्रिय दायराबाट एक्लिँदा पनि उत्सव मनाइरहेछन् । यी दुई शासकको भेट अझै सकिएको छैन । घर फर्कनुअघि किमले रुसको प्रविधिमा निर्मित युद्धपोत, हवाई उद्योग, सैन्य इलाका लगायतका क्षेत्रको भ्रमण गर्नेछन् ।

जसै किम जोन उन बख्तरबन्द रेलमा रुसतर्फ अघि बढे पश्चिमा मिडियामा निकै हलचल मच्चिएको थियो । पश्चिमा मिडियालाई उनले अनुमानकै सूचनामा घुमाइरहे । यात्राको ४० घण्टापछि रुसको सुदूरपूर्वमा रहेको अन्तरिक्ष केन्द्रमा किम जोन उत्रिएका थिए ।

दुई नेताले के विषयमा कुरा गरे अझै एकिन गर्ने स्थिति छैन । तर उनीहरुले अमेरिकी चेतावनीबारे पक्कै बहस गरेका छन् । किनभने किम जोन उन जसै उत्तर कोरियाबाट रुसतर्फ अघि बढे उनले ह्वाइटहाउसको चेतावनी व्यहोरे ।

ह्वाइटहाउसले भनेको थियो, ‘उत्तर कोरियाले रुसलाई कुनै पनि हतियार प्रदान गरेमा वा सैन्य सम्झौता गरेमा उसले त्यसको मूल्य चुकाउनेछ ।’ पुटिन र किममा साझा कुरा धेरै छन् । दुबै अधिनायकवादी शासक हुन् । उनीहरु शक्ति प्रदर्शनमा रमाउँछन् । यसपटक पनि उनको रुस भ्रमणको अति नै चर्चा भयो ।

हुन पनि मस्को पुगेपछि उनै किमले पश्चिमालाई देखाउनैका लागि भए पनि मैत्री आदानप्रदान गरेको सन्देश दिए । त्यसका लागि उनले पुटिनसँग सँगै रेडवाइन र शेरी पिए । अनि भ्रातृत्व र मित्रताको सन्देश दिन एक–एकवटा राइफल साटासाट गरे ।

भूराजनीतिक मञ्चमा निकै हलचल मच्चाउन उनी सफल भए । उनको यस भ्रमण र उत्तर कोरियाबारे जानकार सराह सोन भन्छन्, ‘किमले जोन उनले रुस भ्रमण गरेर भूराजनीतिक मञ्चमा हलचल ल्याए । उसको सामर्थ्यभन्दा बढी नै चर्चा मिडियामा भयो ।’

यो भ्रमणको स्वार्थबारे सोन भन्छन्, ‘अन्तर्राष्ट्रिय प्रतिबन्ध कडा रहेको अवस्थामा उत्तर कोरियालाई रूसले आम्दानीको बाटो दिँदैछ र किम जोन उन विश्वको ध्यान आकृष्ट गर्नसक्ने नेता हुन् भनेर पुष्टि पनि गर्न खोजिँदैछ ।’

दुई नेताको भेट हुनु एक घण्टा अघि प्योङयाङ्बाट दुई वटा ब्यालेस्टिक मिसाइल प्रहार भएका थियो । पोङयाङले पहिलोपटक आफ्नो नेता मुलुक बाहिर रहँदा हतियार पड्काएको हो । सम्भवत भेटको खुशी र सम्झौतामा आशावादी हुँदै त्यसको सम्मान स्वरूप परीक्षण भएको हुनसक्छ ।

तर दुई मुलुकबीच हुने भनिएको सम्झौता वास्तविक हो वा हल्ला मात्रै हो भन्ने यकिन गर्ने स्थिति छैन । ‘यो भ्रमण पश्चिमालाई त्रास राख्न र बन्द कोठामा सम्झौताको उद्देश्यले भएको हो,’ उत्तर कोरियाली सैन्य मामिलाका अनुसन्धानकर्ता फिडोर त्रेतिस्की भन्छन् ।

दुई मुलुकबीच सम्झौता भएको अवस्थामा युक्रेनमा रुसले थप घमासान आक्रमण गर्ने त्रास पश्चिमाको छ । तर अहिलेसम्मको परिस्थिति हेर्दा यस्तो लाग्छ दुवै मुलुक सम्झौताका विषयलाई गोप्य राख्दै पश्चिमाहरुलाई त्रासदीमा राख्दैछन् । नेपथ्यमा के भयो कसैलाई पत्तो छैन ।

Kim Jong Un and Vladimir Putin are followed by their delegations as they tour a space launch site at Vostochny Cosmodrome on 13/9

सतहको विश्लेषण गर्दा खाद्य तथा हतियार सम्बन्धी कुनै सम्झौता गरेका छैनन् ।  उत्तर कोरियाले अन्तरिक्ष तथा भू-उपग्रहको क्षेत्रमा हात हाल्न खोजेको छ र रूसले त्यसलाई सहयोग पुर्‍याउँदैछ ।

सम्झौतालाई गुमराह राख्ने र सतहमा अर्कै विषयको प्रचारका लागि पनि दुई नेताले भ्रमणको क्षेत्र अन्तरिक्ष केन्द्र तोकेको विश्लेषण भइरहेको छ । पोङयाङले अन्तरिक्ष र भूउपग्रह प्रविधिमा यसै वर्ष दुई पटक असफलता प्राप्त गरेको छ ।

उसको प्रविधि रुसको तुलनामा दशकपछि छ । रूसले भूउपग्रह प्रविधिमा सहयोग पुर्‍याएको खण्डमा आफ्ना दुश्मनलाई नियाल्न सहज हुने उत्तर कोरियाको अपेक्षा छ ।

मस्कोले उत्तर कोरियाको आणविक प्रविधिलाई अत्याधुनिक बनाउन पनि सहयोग गर्न चाहेको थियो । यसबारे राष्ट्रसंघको सुरक्षा परिषद्ले बारम्बार निन्दा गर्दै आएको छ ।

‘प्योङयाङ र मस्कोलाई नजिकबाट नियाल्दै उपयुक्त कदम चाल्ने बेला आइसकेको छ । पुटिनले राष्ट्रसंघीय सुरक्षा परिषदमाथि चुनौती दिने काम गरेको अवस्थामा रुसमाथि पनि कडा कदम चाल्नुपर्ने देखिन्छ,’ प्राध्यापक इस्लेले भनेका छन् ।

पुटिनले युक्रेनलाई हतियार दिएर सहयोग गर्ने सिओललाई तर्साउनका लागि समेत यो कदम चालेको हुनसक्ने विश्लेषण भइरहेको छ । ‘सिओलले युक्रेनलाई हतियार उपलब्ध गराइराखेको अवस्थामा सिओल तथा पश्चिमा गठबन्धनसँग जुध्नका लागि उत्तर कोरियालाई आफूले सैन्य प्रविधिको सहयोग गर्ने सन्देश पुटिनले दिन चाहेका छन्,’ त्रितेस्कीले भने ।

दुई नेताले आफ्नो हाउभाउले पश्चिमा र त्यसका गठबन्धनलाई तर्साउन सफल भएको विश्लेषक त्रितेस्की बताउँछन् । ‘पुटिनले रूसले किमलाई उच्च प्राथमिकता दिएको विश्वस्त बनाएका छन् ।

दुवै आफ्नो स्वार्थपूर्तीका लागि केन्द्रित छन् । दुबै नेता छलको प्रयोग गर्न माहिर छन् त्यसैले उनीहरुको शब्द र हाउभाउ भन्दा पनि उनीहरुको ठोस कार्य औंल्याउन आवश्यकता छ,’ उनी भन्छन् ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?