+
+

डेडिकेटेड र ट्रंकलाइनको बक्यौता रकम भुक्तानी गर्न पुनः एक महिना समय थप

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २९ गते १६:१६

२९ भदौ, काठमाडौं । नेपाल विद्यु्त् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको विवादित रकम भुक्तानी समय थप गरेको छ ।

पटक पटक रकम उठाउने सूचना गर्दै स्थगन गर्दै आएको प्राधिकरणले १७ गते एक सूचना निकालेर १५ दिनभित्र बक्यौता भुक्तानी गर्न भन्दै सूचना निकालेको थियो ।

तर, बिहीबार एक सूचना निकालेर पुनः म्याद थप गर्दै प्राधिकरणले एक महिना भित्र बक्यौता भुक्तानी गर्न भनेको हो । २०७२ सालदेखिको वक्यौता विवादमा १७ भदौमा प्राधिकरणले ताकेता गरेपछि उद्योगी व्यवसायीहरुले प्रधानमन्त्री गुहार्न पुगेका थिए ।

लगत्तै प्रधानमन्त्रीले सो विवाद हाललाई थाती राख्न भन्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फोन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?