+
+

न्यू समिट कलेजमा ‘टेक ट्रिक्स–२०२३’ सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २९ गते १७:३७

काठमाडौं । काठमाडौंको शान्तिनगरमा रहेको न्यू समिट कलेज र टेक ट्रिक्स नेपालको संयुक्त आयोजनामा शुक्रबारदेखि सूचना तथा प्रविधिसम्बन्धी मेला ‘टेक ट्रिक्स–२०२३’ सुरु भएको छ ।

तेस्रो संस्करणको टेक ट्रिक्स मेलाको उद्घाटन नेपाली कांग्रेसका नेता एवम् सांसद प्रकाशमान सिंहले गरेका छन् । सो क्रममा सांसद सिंहले प्रविद्यि क्षेत्रको विकासमा आवश्कय परे कलेजलाई सघाउने आश्वसन दिए ।

सीप विकास र प्रयोग, आर्जन गरिएको सीपलाई विश्वविद्यालय शिक्षा मार्फत शैक्षिक उदेश्य प्राप्ती र सो मार्फत विभिन्न आईटी कम्पनीसँग समन्वय गराउने र सकेसम्म स्वदेशमा विद्यार्थीलाई आत्मर्निभर बनाउने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको कलेजका प्रिन्सिपल चोकराज दवाडीले बताए ।

विदेश जानैपर्ने अवस्थामा सम्मानजनक पेशा प्राप्त गर्न सक्ने जनशक्त्ती निमार्ण गर्ने एवम् विभिन्न आईटी कलेजका विद्यार्थीमाझ भाइचारा मार्फत एक अर्काका प्रतिस्पर्धी बनाउन यो कार्यक्रमले सघाउने उनको भनाइ छ ।

तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा उपत्यका तथा उपत्यका बाहिरका १८ वटा आईटी कलेजको २३ वटा टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा विद्यार्थीहरुले तयार पारेका परियोजनाहरुको प्रदर्शनी, ह्याकाथन, गेमिङ इभेन्ट्स, आईटी हाजिरीजवाफ प्रतियोगिता लगायतका गतिविधिहरु सञ्चालन हुनेछन् ।

प्रतियोगिताका विजेतालाई नगद पुरस्कार, प्रमाणपत्र तथा विभिन्न उपहार प्रदान गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?