+
+

बेटिसको पोष्टमा बार्सिलोनाको ५ गोल

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३१ गते ७:४३

३१ भदौ, काठमाडौं । स्थानिस ला लिगामा साविक विजेता बार्सिलोनाले रियल बेटिसलाई ५-० ले पराजित गरेको छ ।

घरुल मैदान स्टाडियो ओलम्पिको लुइस कापान्यामा भएको खेलमा बार्सिलोनाले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा तीन गोल गरेको थियो ।

खेलको २५औं मिनेटमा जाआओ फेलिक्सले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए भने ३२औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गर्दै अग्रता दोब्बर पारे ।

त्यसपछि फेरान टोरेसले ६२औं, राफिन्हाले ६६ औं र जाआओ कान्सेलोले ८१औं मिनेटमा गोल गरे ।

जितपछि ५ खेलबाट १३ अंक जोडेको बार्सिलोना रियल मड्रिडलाई पछि पार्दै शीर्ष स्थानमा समेत उक्लिएको छ ।

रियलको ४ खेलबाट १२ अंक छ र बार्सिलोनाभन्दा एक खेल कम खेलेको छ । ला लिगाकै अन्य खेलमा भ्यालेन्सियाले एट्लेटिको मड्रिडलाई ३-० ले पराजित गरेको छ । एप्लेटिक बिल्बाओले पनि क्याडिजलाई ३-० ले नै हरायो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?