+

वान च्याम्पियनसपमा डेब्यु फाइट नै जितेका रविन्द्र भन्छन्  : नेपाल चिनाउन सफल भयौं 

२०८० असोज  २ गते १०:३७ २०८० असोज २ गते १०:३७
वान च्याम्पियनसपमा डेब्यु फाइट नै जितेका रविन्द्र भन्छन्  : नेपाल चिनाउन सफल भयौं 

२ असोज, काठमाडौं । विश्व चर्चित वान च्याम्पियनसिप मिक्स मार्सल आर्ट (एमएमए) मा डेब्यु फाइट जितेका रविन्द्र  धान्तले नेपाललाई चिनाउन सफल भएको बताएका छन् ।

थाइल्याण्डको बैंककमा शुक्रबार भएको वान च्याम्पियनसिपको वान फ्राइडे फाइट्समा रविन्द्रले रसियन फाइटर तोरेप्ची डोनगागलाई टेक्निकल नकआउट गरेका थिए ।

रविन्द्र नेपालबाट वान च्याम्पियन खेल्ने पहिलो खेलाडी हुन् र डेब्यु फाइटमै जित हात पार्दै उनले ऐतिहासिक उपलब्धी हासिल गरे ।

‘एकदमै खुशी छु । वान च्याम्पियनसिपमा नेपालको पनि इन्ट्री भयो । नेपालले पनि एमएमए खेल्छ भन्ने थाहा भयो,’ स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रविन्द्रले भने, ‘अब नेपालका अरु एमएमए फाइटरलाई पनि यसले सहयोग गर्छ भन्ने आशा छ ।’

उनले नेपालमा एमएमए भर्खर सुरु भएको र विस्तारै विकास भइरहेको बताए । ‘नेपालमा एमएमए खेल्न थालेको १-२ वर्ष भयो । विस्तारै विकास भइरहेको छ । धेरैले ट्रेनिङ गर्न थालेका छन् । क्लबहरु बढिरहेको छ । नेपालमा पनि छिटै राम्रो हुन्छ होला’, बझाङमा २४ वर्षीय रविन्द्रले भने । यस जितपछि उनले प्रोफेसनल एमएमएमा अपराजित यात्रालाई ६ खेलसम्म पुर्‍याएका छन् ।

गत जुनमा काठमाडौंमा भएको नेपाल वारियर्स च्याम्पियनससिप (एनडब्लुसी) मा भारतीय खेलाडी जासोन लाइन्डोलाई पराजित गरेपछि रविन्द्रलाई विश्व चर्चित एमएमए वान च्याम्पियनसिपले एक फाइटका लागि अवसर दिएको थियो ।

पहिलो फाइट जितेपछि नेपालको एमएमएको बारेमा पनि चर्चा हुन थालेको उनले बताए । रविन्द्रले यसअघि भारत र नेपालमा मार्सल आर्ट खेल्दै आएका थिए ।

नेपालमा एमएमएको विकास हुन थालेपनि अझै ट्रेनिङ र इभेन्टहरुको खाँचो रहेको उनको भनाइ छ ।

एमएमए आफैंमा चुनौतीपूर्ण खेल भएको रविन्द्रले बताए । ‘यसमा चुनौती पनि हुन्छ । रिस्क लिन सक्नुपर्छ । आफूले धेरै मिहिनेत गर्नुपर्छ ।’

रविन्द्रले यस खेललाई सरकारबाट केही सहयोग नभएको भन्दै अरुको आशा गर्ने भन्दा पनि कडा मिहिनेत गर्ने र चुनौतीको सामना गर्न सक्ने हुनुपर्ने बताए ।

राम्रो ट्रेनिङ क्याम्पहरु भएमा नेपाली एमएमए फाइटरले पनि धेरै राम्रो गर्न सक्ने रविन्द्रले बताए ।

रवीन्द्र ढाट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय