+
+

एक महिनापछि खुल्यो संस्कृत विश्वविद्यालयमा लागेको ताला

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ५ गते २०:०५

५ असोज, दाङ । दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा लागेको ताला एक महिनापछि खुलेको छ ।

नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले गत भदौ ४ गते लगाएको ताला एक महिनपछि बिहीबार खोलिएको हो । विश्वबिद्यालय र अखिल क्रान्तिकारीबीच भएको वार्तामा पाँच बुँदे सहमतिपछि ताला खोलिएको हो ।

बिहीबार भएको बार्तामा विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष रमेश ढकालको संयोजकत्वमा गठित छानबिन समितिले औंल्याएका विषयहरू अनिवार्य रुपमा कार्यान्वयन गर्ने र सेवा आयोगका आगामी विज्ञापनका आवेदनहरू अनलाइनबाट भर्ने व्यवस्था मिलाउने सहमति भएको छ ।

त्यस्तै विश्वविद्यालयका अति संवेदनशील शाखा, विभागमा कार्यरत प्राध्यापक र कर्मचारीहरूको आवश्यकता र औचित्यको न्यायोचित व्यवस्थापन गर्ने र सेवा आयोगबाट लिइने कर्मचारीका परीक्षाहरू केन्द्रीय कार्यालय रहेको दाङ जिल्लामै सञ्चालनको व्यवस्था मिलाउने सहमति भएको छ ।

वार्तामा विश्वविद्यालयका तर्फबाट संयोजक जर्मन चौधरी तथा सदस्यहरू किशोरचन्द्र गौतम र कपिलदेव सुवेदी र विद्यार्थी संगठनका तर्फबाट विष्णु चौधरी, गणेश पौडेल र विन्दु खड्का सहभागी थिए ।

यसअघि नेविसंघले सेवा आयोगको कार्यालय र आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालयमा र केन्द्रीय आयुर्वेद विद्यापीठमा स्वतन्त्र विद्यार्थी युनियनले ताला लगाएका थिए । उक्त ताला झन्डै दुई महिनापछि साउन २६ गते खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?