+
+

काम गर्ने मान्छेलाई पदले फरक पार्दैन : उपाध्यक्ष रोशन सिंह

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ६ गते १६:०१

६ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) को उपाध्यक्ष पदमा निर्विरोध चयन भएका रोशनकुमार सिंहले आफूलाई काम गर्न पदले फरक नपार्ने बताएका छन् ।

अध्यक्षमा उम्मेदवारी घोषणा गरेका उनी शनिबार उपाध्यक्षमा उम्मेदवारी दिए र सर्वससम्मत भए । अघिल्लो कार्यकालमा कोषाध्यक्ष रहेका उनले सबैसँग सहकार्य गर्ने बताए ।

‘मलाई सम्पूर्ण साथीहरुले विश्वास गरेर पदमा ल्याउनुभएको छ । म काम गर्ने मान्छे हुँ, मलाई पदले फरक पार्र्दैन अबको दिनमा अझ काममा टिमसँगै सहकार्य गर्दै अघि बढ्नेछु’ सिंहले अनलाइनखबरसँग भने ।

क्यान निलम्बनमा रहेको चुनौतीपूर्ण अवस्थामा पनि आफूले काम गरेको र अन्तर्राष्ट्रिय क्रिकेट परिषद र एसियाली क्रिकेट परिषदको विश्वासमा एसीसी प्रिमियर कपको आयोजना गरेको पनि सिंहले बताए । ‘ सन् २०२४ बाट हाम्रो आर्थिक फन्डिङ पनि बढ्ने कुरा छ । जसले गर्दा अब आउने दिनमा अझ हामीलाई सहज हुन्छ’ उनले भने ।

कोषाध्यक्षको भूमिकामा आफूले गर्न सक्ने जति काम गरेको र अहिले क्यानका प्रतिनिधिहरुले उपाध्यक्षको जिम्मेवारी दिएको रोशनले बताए । ‘मेरो काम देखेर मलाई साथीहरुले विश्वास गरेर उपाध्यक्षमा निर्वाचित गराउनुभएको छ । म उहाँहरुको विश्वासमा खरो उत्रिने कोसिस गर्नेछु’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?