+
+

१९औं एसियाडमा चीनले जित्यो पहिलो स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ७ गते ११:०९

७ असोज, हानझाउ । १९औं एसियाडमा आयोजक चीनले पहिलो स्वर्ण जितेको छ । चीनले आइतबार रोविङमा पहिलो स्वर्ण जितेको हो ।

फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा भएको रोविङ अन्तर्गत महिला डबल्स लाइटवेइटमा चीनका जोउ जियाकी र क्यी जिउपिङको जोडीले स्वर्ण जितेका हुन् ।

चिनियाँ जोडीले ६.७८ सेकेण्ड टाइमिङ निकाले ।

रजत जितेका उज्वेक जोडी लुइजाखोन इस्लोमोभा र मालिका तागमाटोभाको जोडी १० सेकेण्डले पछि परे ।

यसमा इन्डोनेसियाले कास्य पदक जित्यो ।

आइतबार आयोजकले चीनले ११ स्वर्ण जितिसकेको छ ।

हङकङ चाइनाले पनि एक स्वर्ण जितेको छ ।

आइतबार बिहान नेपाली खेलाडीहरुको प्रदर्शन भने राम्रो हुन सकेन । तेक्वान्दो, जुडो, इस्पोर्ट्स, सुटिङ मा बिहानी सत्रमा नेपाली खेलाडीहरु पराजित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?