+
+

बझाङमा अशक्त महिलालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ८ गते ११:३५

८ असोज, धनगढी । बझाङमा अशक्त महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय बालकलाई पक्राउ परेका छन् ।

हिंडडुल गर्न नसक्ने २८ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक बालकलाई पक्राउ गरिएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरत शाहले जानकारी दिए ।

जबरजस्ती करणी गरी फरार भएका बालकलाई प्रहरी पोष्ट बगडगाँउबाट खटिएको टोलीले बालुवाटार भन्ने ठाउँबाट नियन्त्रणमा लिएको उनले बताए ।

डीएसपी शाहकाअनुसार पीडित महिलाकी हजुरआमाले करणी गरेको थाहा पाएपछि स्थानीयलाई घटनाबारे बताएकी थिइन् ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?