+
+

मणिपालमा डाक्टर कुटपिट गरेको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ८ गते १८:३८

८ असोज, पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालमा डाक्टरमाथि हातपात गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लमजुङबाट उपचारका लागि बिहान मणिपालमा ल्याइएकी ५७ वर्षीय महिलाको मृत्यु भएपछि आफन्तजन आक्रोशित बनेका थिए ।

विरामीको अवस्थाबारे पनि जानकारी नदिइएको र अस्पतालको लापरबाहीकै कारण महिलाको मृत्यु भएको भन्दै डा. अनिल शाहमाथि हातपात भएको प्रहरीले जनाएको छ । हातपातमा संलग्न भएको आरोपमा प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ । अहिले पनि अस्पताल तनावग्रस्त नै छ ।

अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सहित अस्पताल प्रशासन र विरामीका आफन्तबीच अहिले वार्ता भइरहेको भए पनि कुनै निष्कर्ष निस्किएको छैन ।

आक्रोशित भीडले डाक्टर शाहमाथि हातपात गरेका थिए भने अस्पतालका सिसा समेत फुटाइएको छ । ड्युटीमा रहेको डाक्टरमाथि हातपात भएपछि चिकित्सक पनि आक्रोशित बनेका छन् भने आफन्तले लापरबाही गरिएको र यथार्थ घटनाको जानकारी दिन माग गरिरहेका छन् ।

‘अहिले पनि वार्ता चलिरहेको छ । कुनै घटना नघटोस् भनेर सुरक्षा कडा पारिएको छ’, कास्की प्रहरी प्रवक्ता श्रवणकुममार विकले भने । अस्पतालका निर्देशन कृष्णमोहन श्रेष्ठले अहिले वार्ता चलिरहेको तर टुंगोमा नपुगेको बताउँदै एक्कासी घटना घटेकाले यथार्थ बुझ्ने क्रममै रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?